२०८३ असार २१ गते आइतवार | July 05, 2026

गृहपृष्ठ सुस्ता र प्रतापपुरमा केरा जोन गठन

सुस्ता र प्रतापपुरमा केरा जोन गठन

तिलोत्तमा, २५ पुस। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई रुपन्देहीको आयोजनामा नवलपरासीको सुस्ता र प्रतापपुरमा जोन संचालन समन्वय समिति (केरा जोन) गठन गरिएको छ ।

परियोजना कार्यान्वयन एकाई, रुपन्देहीका बरिष्ठ कृषि अधिकृत नारायण काफ्लेको अध्यक्षतामा एवं प्रतापपुर गाउपालिका–६ का अध्यक्ष रामहरि उपाध्याय, ८ का वडा अध्यक्ष कजिर अलि अन्सारी र सुस्ता – ५ का अध्यक्ष प्रभुनाथ यादव, नवलपरासी केरा उत्पादक संघका अध्यक्ष लख्खु प्रसाद यादव तथा जोन क्षेत्रका सहकारी समुह फर्ममा आवद्ध किसानहरुको उपस्थितिमा समिति गठन गरिएको हो । कार्यक्रमको सहजीकरण परियोजनाका नासु जिवन पौडेल र लेखापाल कृष्णा खनालले गरेका थिए । बरिष्ठ कृषि अधिकृत नारायण काफ्लेले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै आर्थिक वर्ष २०७८/७९ बाट संचालनमा आएको विशुद्ध नेपाल सरकारको बजेटमा संचालन हुने केरा जोनको लक्ष्य प्राप्त गर्न समन्वयकारी भूमिका निर्वाह गर्ने उद्देश्यले जोन संचालन समन्वय समिति गठन गरिएको बताए ।

वडा अध्यक्षहरु रामहरि उपाध्याय, कजिर अली अन्सारी र प्रभुनाथ यादवले कृषि क्षेत्रका समस्या धेरै भएपनि दिगो र आत्मनिर्भर कृषि क्षेत्रको विकास विकास गर्न सुस्ता ४ र ५ तथा प्रतापपुर ६, ७ र ८ मा केरा जोन संचालनमा आएकोमा खुसी प्रकट गरे । परियोजना कार्यान्वयन एकाई रुपन्देहीमा सुचिकृत २५ वटा सहकारी समुह फर्ममा आवद्ध केरा कृषकहरुको बृहत उपस्थिति भएको भेलाबाट वेचन कोइरीको संयोजकत्वमा तीन जना महिला सहित नौ सदस्यीय जोन संचालन समन्वय समिति (केरा जोन) सर्व सहमतीबाट निर्वाचित भएको कृषि अधिकृत रणबहादुर महतोले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार