२०८३ वैशाख ५ गते शनिवार | April 18, 2026

गृहपृष्ठ सजिला तारानाथ र उनको गाउँले रथ न्यौपाने यात्रु सेवा

सजिला तारानाथ र उनको गाउँले रथ न्यौपाने यात्रु सेवा

कृष्ण अन्जान, रुरु गुल्मी ।

गाउँघर मात्र होइन घरका आँगन सम्म सडक पुगेका छन तर भनेको बेला सवारी साधन पाइँदैन ।
पक्कि सडकमा त बस जिप ट्रक दगुर्छन तर गाउँ भित्र पुग्न सारै दुख छ । दिनको एउटा जिप मुस्किलले गाउँतिर पस्छ कहिले सिट पाइन्छ त कहिले सिटै पाइँदैन । मुख्यतया रुरुक्षेत्र गाउँ पालिकाको ग्वादि भट्कुवा च्यूरेक याडुँग रिमुवा झमादी लगाएतका भित्रि गाउँहरुका वासिन्दाहरुलाइ सवारि साधनको सहज उपलव्धता छैन ।

गाउँघरका समुदाय मुख्य बजार रिडी भएकाले किनमेल धर्म कर्म औषधि मुलो गर्न यहि बजारमा छिमेकका गाउँका वासिन्दा आउँछन र ती ग्रामीण क्षेत्रका वासिन्दाको सवारि आवागमन लाई सजिलो होस भनेर करिव एक वर्ष देखि रिडी बजार क्षेत्रमा अटो रेक्सा चलाउने गरिएको छ ।
यो क्षेत्रका केही उत्साहि युवाहरुले करिव आधा दर्जन अटो रेक्सा सन्चालनमा ल्याएका छन ।यिनै युवा हरु मध्येका तारानाथ न्यौपानेले वैदेशिक रोजगारीबाट फर्केर करिव एक वर्ष देखि आफ्नै जन्मथलो रिडीमा अटोरेक्सा चलाउनु हुन्छ ।

करिव २० वर्ष अघिल्लो चरणमा दुवइ र पछिल्लो चरणमा भारतिय शहर मुम्बई बसेका न्यौपाने ले मुम्बई शहरमा पनि अटोरेक्सा चलाउनु हुन्थ्यो । कति विदेशमा वस्ने भनेर गााउँ फर्के यहाँ आएर यसो विचार गर्दा आफ्नै पुरानो पेशा गर्न मन लाग्यो र ५ लाखमा नया अटो किनेर अटो चलाउन शुरु गरेँ न्याौपानेले भन्नुभयो । शुरुमा सबैले महँगो भने पनि पछिल्लो चरणमा सबैले लौ भाइ आउनु पर्यो भनेर फोन गर्छन गाउँबाट सवारी ल्याउँछु र पुर्याउँछु मैले व्यवसाय सँगै समाज सेवा पनि गरेको छु न्यौपाने भन्छन । सधै हँसिलो र फुर्तिलो रहने तारानाथ न्यौपानेको अटो सबैको रोजाइमा छ ।

जतिबेला भन्यो त्यतिबेला जहाँ भन्यो त्यहाँ आउँछन सजिल छन रुरु ३ थानपतिका कृष्ण राज ज्ञवालीले भन्नु भयो । वडा कार्यालयमा विधिवत दर्ता गरि वार्षिक कर समेत तिरेर अटो चलाउने न्याौपाने लाइसेन्स प्राप्त चालक हुनुहुन्छ । लु १ ह २८३४ नम्बरको न्यौपाने यात्रु सेवा नाम राखेर चलाइएको अटोबाट दैनिक दुई हजार सम्म आम्दानी हुन्छ र यहि अटोको आएस्ताले उहाँको परिवारको लालन पालन शिक्षा दिक्षाको गर्जो टर्छ ।

पेट्रोल बाट चल्ने अटोले प्रति १० किलोमिटरमा एक लिटर पेट्रोल खाने गरेका बताउने तारानाथ न्यौपानेले भन्नु भयो अटो भन्दा पनि यसलाई पहाडि रथ भन्दा फरक पर्दैन । नजिकका वस्तिहरुबाट आउने वासिन्दाका पृय अटोचालक तारानाथ न्यौपाने परिश्रम र इमानदारीताका प्रतिमुर्तिको रुपमा रुरुक्षेत्रमा स्थापित नाम हो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार