२०८३ साउन २९ गते शुक्रवार | August 14, 2026

गृहपृष्ठ नयाँ नक्सासहितको पाठ्यपुस्तकको बिक्री खुला गर्न सरकारसँग नेविसंघको माग

नयाँ नक्सासहितको पाठ्यपुस्तकको बिक्री खुला गर्न सरकारसँग नेविसंघको माग

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ नेविसंघले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ नक्सासहितको पाठ्यपुस्तकको बिक्री खुला गर्न सरकारसँग माग गरेको छ ।

नेविसंघले बिहीबार प्रेस विज्ञिप्तमार्फत नयाँ नक्सासहितको पाठ्यपुस्तक सार्वजनिकमा लगाइएको रोकप्रति आपत्ति जनाउँदै तत्काल बिक्री९वितरण खुला गर्न सरकारसँग माग गरेको हो । नेविसंघले कक्षा ११ भर्नामा निजी शैक्षिक संस्थाहरूले मनलाग्दी शुल्क लिएको व्यापक गुनासो आएको भन्दै तत्काल नियमन गरी आवश्यक कारबाही गर्न पनि सरकारसँग माग गरेको छ ।

अध्यक्ष राजीव ढुंगानाद्वारा जारी विज्ञप्तिमा डा। गोविन्द केसीले उठाएका मागहरूप्रति पूर्ण ऐक्यबद्धता जनाउँदै मागहरु सम्बोधन गरेर उनको जीवनरक्षामा गम्भीर बन्‍न पनि सरकारसँग माग गरिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार