गृहपृष्ठ सैनामैनाको पेरिफेरिमै खुल्यो डेढ करोडको कञ्चन रिसोर्ट,सासद ढकालद्धारा उद्घाटन
सैनामैनाको पेरिफेरिमै खुल्यो डेढ करोडको कञ्चन रिसोर्ट,सासद ढकालद्धारा उद्घाटन
डेढ करोडको लगानीमा कञ्चन एग्रो रिसोर्ट आज देखि सञ्चालनमा आएको छ । ९ जनाको सामुहिक लगानीमा पाल्पा जिल्ला रैनादेवि छहारा ७,बेलबास पाल्पामा बनेको रिसोर्टको प्रदेश न।५का प्रदेश सभा सदस्य भुमिश्वर ढकालले उद्घाटन गुर्नभएको हो ।
सोही अवसरमा बोल्दै प्रदेश न।५का प्रदेश सभा सदस्य भुमिश्वर ढकालले नेपालमा होटल तथा रिसोर्टका लागी उपयुक्त वातावरण भएको बताउनुभएको छ । पर्यटकीय गतब्य लुम्बिनी लगायतका क्षेत्रलाई जोडेर धेरै मात्रामा ब्यवसायहरु सञ्चालन हुदै गएको तर्क गर्दै स्तरीय सेवा प्रवाह गर्न आग्रह समेत सासद ढकालले गर्नुभयो । रोजगारीको अवसर संगै विकासमा समेत टेवा पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।
सैनामैनामा ब्यवसायिक होटल तथा रिसोर्टहरु दिनप्रदिन खुलिरहेको सैनामैना नगरपालिका मेयर चित्र बहादुर कार्कीले बताउनुभएको छ । स्वदेशमै उधमीशिलताको विकास गरि रोजगारीको अवसर सिर्जना गर्न सवै युवाहरुलाई आग्रह गर्नुभयो । खोलिएको ब्यवसायहरुलाई ग्राहकहरुको सन्तुष्टिलाई लाई बुझि चाहाना अनुसार सेवा दिन समेत पिल गर्नुभयो । कार्यक्रममा कञ्चन एग्रो कम्पनीका अध्यक्ष सागर खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख विना राना,वडा न।१०का वडा अध्यक्ष लोकनारायण थापा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सञ्चालक यामलाल खरेलको स्वागत तथा सचिब निरज पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।






