गृहपृष्ठ प्रदेश ५ को नाम लुम्बिनी , राजधानी दाङ भालुवाङ राख्न प्रस्ताव
प्रदेश ५ को नाम लुम्बिनी , राजधानी दाङ भालुवाङ राख्न प्रस्ताव
प्रदेश न ५ को राजधानी दाङ बनाउने प्रस्ताव प्रदेशसभामा पेश गरिएको छ । बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीले राजधानी र नामांकरण निर्धारणसम्बन्धी कार्यविधि पेश गरेर सो प्रस्ताव अघि बढाएका छन् ।
राजधानी दाङ र नाम लुम्बिनी राख्ने प्रस्ताव गरेका हुन् ।बैठकमा प्रस्ताव पेश भए लगत्तै सांसदहरुले आपत्ती जनाएका छन् ।
नाम राजधानी सिफारिस समितिले प्रस्ताब गरेभन्दा फरक र कार्यसूचि पनि एक्कासी ल्याइएको भन्दै नेपाली काग्रेसका रमा अर्याल,फकरुदिन खानले असहमति जनाएका छन् ।अबको अर्को बैठक असोज १९ गते बस्ने सभामुख पूर्णबहादुर घर्तीले बताए ।
राजधानी हालकै बुटवलमा राख्ने कि दाङ भन्ने विषयमा सत्तारुढ नेकपामा विवाद रहेको थियो । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच दाङको भालुवाङमा राजधानी राख्ने निर्णय भएपछि सरकारले प्रस्ताव अघि बढाउन लागेको हो ।





