२०८३ वैशाख ५ गते शनिवार | April 18, 2026

गृहपृष्ठ प्रदेश-५ राजधानी विवाद : विपक्षि दलहरुबाट कुर्सी तोडफोड

प्रदेश-५ राजधानी विवाद : विपक्षि दलहरुबाट कुर्सी तोडफोड

प्रदेश-५ को प्रदेश सभाको बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसले कुर्सी तोडफोड गरेको छ ।प्रतिपक्षी कांग्रेसका सांसदको विरोधका बीच सभामुखले बैठक अगाडि बढाएपछि बिरोध गर्ने क्रममा कांग्रेस सांसदहरु विजय यादव र ओसिउद्दिन खानले सभामा कुर्सी तोडफोड गरेका हुन् ।

विरोध र तोडफोडबीच पनि सभामुखले बैठक जारी राखेका छन् । विपक्षी सांसदले नाराबाजी गरिरहेका बेला सत्तारुढ नेकपाका सांसदहरुले राजधानी दाङ सार्ने प्रस्तावबारे आफ्ना धारणा राखिरहेका छन् ।

सभामुख पूणर्बहादुर घर्तीमगरले तोडफोडकै बीच बैठक अघि बढाएका छन् । सोमबार प्रदेशसभा बैठकमा नाम र राजधानी टुंगो लगाउने कार्यसूची छ ।

तोडफोडकै बीच आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशसभा बैठकमा नाम र राजधानीसम्बन्धी प्रस्ताव पेश गरेका छन् । उनी रोस्टमतर्फ जाने क्रममा सांसदहरुले उक्त प्रस्ताव खोस्न खोजेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार