२०८३ असार ११ गते बिहीवार | June 25, 2026

गृहपृष्ठ दलित भएकै कारण रुपन्देहीको शुद्धोधनमा महिला माथि निर्घात कुटपिट

दलित भएकै कारण रुपन्देहीको शुद्धोधनमा महिला माथि निर्घात कुटपिट

रुपन्देहीमा दलित महिलामाथि निर्घात कुटपिट भएको छ । शुद्धोधन गाउँपालिका वडा न.१ भगलापुर निवासी शोभा हरिजन दलित भएकै कारण असोज १६ गते ६ जनाले सामुहिक कुटपिट गरेका हुन् । स्थानीय ३ जना पुरुष र ३ महिलाहरुले जग्गा सम्बन्धी विवादलाई लिएर जातीय विभेदयुक्त गाली गर्दै २४ वर्षिय महिला शोभा हरिजनलाई सामुहिक कुटपिट गरेको पिडित परिवारले बताएको छ । कुटपिटबाट अति संवेदनशिल अंग,हात र टाउकोमा भित्रि असर परेको पिडित हरिजनले बताइन् । आफ्नो श्रीमान घर नभएको मौका पारी दलित भन्दै हातपात गरेको उनको भनाई छ ।

जातीय रूपमा होच्याउँदै आक्रमण गर्ने विरुद्ध इलाका प्रहरी कार्यालय रन्यौरामा गत असोज १८ गते निवेदन पेश पिडित पक्षले गरेको थियो । पिडित पक्षले आज इलाका प्रहरी कार्यालय बुटवलमा उनीहरु विरुद्ध किटानी जाहेरी दिंदैछन् । वि।स २०१७ साल देखि जोगभोग गर्दै आएको जग्गामा शोभा हरिजनको परिवारले बस्नका लागी सानो टहरो बनाउँन लाग्दा सो कुटपिट भएको हो । तर,कुटपिट गर्नेहरुले भने आफुहरुले हातपात नगरको दावि गरेको छ ।

नेपालको संबिधान २०७२ को धारा २४ मा छुवाछुत तथा भेदभाव बिरुद्धको हकलाई मौलिक हकमा राखेको छ । संविधानमा जातीय विभेद र छुवाछुतलाई फौजदारी अपराध मान्ने र सोही अनुसार कार्वाही गर्ने कानुन छ । कुनै पनि व्यक्तिलाई उसको उत्पत्ति, जातजाति, समुदाय,पेशा व्यवसाय वा शारिरीक अवस्थाका आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै पनि प्रकारको छुवाछुत वा भेदभाव नगरीने उल्लेख छ । यदी भेदभावपुर्ण व्यवहार,बहिष्कार वा निषेध गरेमा तीन महिनादेखि तीन बर्षसम्म कैद वा हजारदेखि २५ हजारसम्म जरीवाना वा दुवै सजाय हुन सक्ने उल्लेख छ । जातीय विभेद राज्य विरुद्धको ठुलो अपराध हो ।

छुवाछुतलाई निषेध गरेको भए पनि कानूनको कार्यान्वय हुन नसक्दा अहिले पनि छुवाछुत र विभेदका कारण बढि दलित तथा सिमान्तकृत समुदाय यसको शिकार बनारहेका छन् । पछिल्लो समय दलित बालिका,महिलाहरु जातकै कारण असुरक्षित बन्दै गएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार