गृहपृष्ठ सशस्त्र प्रहरीको कडा निगरानीमा सीमाक्षेत्रमा तस्करी नियन्त्रण
सशस्त्र प्रहरीको कडा निगरानीमा सीमाक्षेत्रमा तस्करी नियन्त्रण
कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले सीमाक्षेत्रबाट आवतजावतमा पूर्णरुपमा प्रतिबन्ध लगाएपछि अहिले नवलपरासी जिल्ला को भारतसँग जोडिएको सीमाक्षेत्रमा सशस्त्र प्रहरीले कडा निगरानी गरिरहेको छ । यसै गरि गए राति
सशस्त्र प्रहरी बल नेपाल नं।२६ गण हे।क्वा। पश्चिम नवलपरासीबाट खटिएको मोबाईल टोलीले यस जिल्लाको विभिन्न ईलाकाबाट लत्ताकपडा, हार्डवेयरका सामान तथा केराउ बरामद गरी आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुुझाएको सुुुुचना अधिकारी रोशन घिमिरे ले जानकारी दिनुभयो ।उक्त सामानको मुल्य रु।१,४७,२२५।–९एक लाख सत्चालिस हजार दुई सय पच्चिस० रहेको बताईएको छ।
सीमा सुरक्षासँगै सशस्त्र प्रहरीले हाल तस्करी नियन्त्रण, सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण र हाल सरकारले सीमा क्षेत्रमा आवत जावतमा लगाएको प्रतिबन्ध र र्बोडर सिललाई पूर्ण रुपमा कार्यान्वयन गरि रहेको सशस्त्र प्रहरी बल नेपाल नस्२६गण हे।क्वा।पश्चिम नवलपरासी का गणपति महेश अधिकारीले बताउनु भयो ।
सीमाक्षेत्रमा खटिने सशस्त्र प्रहरीले, भारतीय सीमा सुरक्षा बल एसएसबिसँग समन्वयगरी अपराध नियन्त्रणका लागि संयुक्त रुपमा दुबै मुलुकको सुरक्षाकर्मीहरुले कडा रुपमा सुरक्षा गर्दै आएको गणपति अधिकारीले बताउनुभयो।






