२०८३ असार ११ गते बिहीवार | June 25, 2026

गृहपृष्ठ इन्द्रेणी सामाजिक विकास मन्चद्धारा शारिरीक अपाङ्गता भएका व्यक्तिहरुलाई स्वास्थ्य सामाग्री वितरण

इन्द्रेणी सामाजिक विकास मन्चद्धारा शारिरीक अपाङ्गता भएका व्यक्तिहरुलाई स्वास्थ्य सामाग्री वितरण

इन्द्रेणी सामाजिक विकास मन्च पंचनगरले पाल्हीनन्दनमा अपाङ्गता भएका घरधुरीलाई विभिन्न स्वास्थ्य उपकरणहरु वितरण गरेको छ । कोरोना महामारी विरुद्ध लड्नका लागि अपांगता भएका घरधुरीलाई स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।

इन्द्रेणी सामाजिक विकास मंच पन्चनगरका अध्यक्ष बद्री सुबेदिको अध्यक्षता तथा पाल्हिनन्दन गाउपालिका वडा न. ६ का वडा अध्यक्ष कृष्ण चन्द्र यादवको प्रमुख आथित्यता तथा वडा सदस्य अनिता सहानी , लवाङी हरिजनको आथित्यता , तथा सामाजिक परिचालक सन्दीप बि.क. तथा राधेरमण तिवारीको उपस्थितिमा सम्पन्न भएको छ ।

पाल्हीनन्दन गाउँपालिका वडा नं। ६ को सनईमा ३५ जना अपांगता भएको घरधुरीलाई लक्षित गरी स्वास्थ्य सामाग्री वितरण गरिएको इन्द्रेणी सामाजिक विकास मन्चका सामाजिक परिचालक सन्दीप बि.क. ले जानकारी दिनुभयो |
एक घरधुरीलाई करिव २ हजारका दरले ३५ घरधुरीलाई ७० हजार मुल्य बरावरका स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । युनाइटेड मिसन टु नेपालको सहयोगमा जिल्लाका पाल्हीनन्दन र प्रतापुर गाउँपालिकामा इन्द्रेणी सामाजिक विकास मन्च पंचनगरले परियोजना संचालन गरिरहेको बि।क।ले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार