२०८३ असार ११ गते बिहीवार | June 25, 2026

गृहपृष्ठ रुपन्देही एसपी पोख्रेलको स्ट्रिङ अप्रेसन : पेस्तोल देखि अवैध लागुऔषधसम्म बरामद

रुपन्देही एसपी पोख्रेलको स्ट्रिङ अप्रेसन : पेस्तोल देखि अवैध लागुऔषधसम्म बरामद

रुपन्देहीमा अवैध कटुवा बन्दुक देखि ठुलो मात्रामा लागुऔषध प्रहरीले बरामद गरेको छ । सरुवा भई रुपन्देही आएका प्रहरी उपरिक्षक प्रवीण पोख्रेलको सक्रियतामा कटुवा पेस्तोल र ठुलो मात्रामा अवैध लागुऔषध बरामद भएको हो । रुपन्देहीका विभिन्न ठाउँबाट बरामद गरिएको अवैध पेस्तोल र लागुऔषध सहित पक्राउ पर्नेहरुको आज सार्वजनिक गरिएको हो ।

असोज १९ गते विहान १० बजे मायादेवि गाउँपालिकाबाट कटुवा पेस्तोल सहित २ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बेथरीका प्रहरी नायव निरिक्षक पदम खड्काको कमाण्डमा खटिएको टालिले मायादेवि वडा न.४बाट पेस्तोल सहित २ जना पक्राउ गरिएको रुपन्देही प्रहरी प्रमुख एसपी प्रवीण पोख्रेलले जानकारी दिए । पक्राउ पर्नेमा लुम्बिनी साँस्कृतिक नगरपालिका वडा न.९ बस्ने राजकुमार हरिजन र मायादेवि वडा न.४ बस्ने वर्ष ३९का सदानन्द सहानी रहेका छन् ।

यस्तै प्रहरीले ठुलो मात्रामा अवैध लागुऔषध सहित चार जना पक्राउ परेका छन् । उनीहरुको साथबाट ब्राउन सुगर,गाँजा,लागुऔषध ट्बलेट बरामद गरिएको छ । पक्राउ पर्नेमा ओमसतिया गाउँपालिका वडा न.४ बस्ने वर्ष ३० का फारुक अहमद मुसलमान साथबाट २ गा्रम ब्राउन सुगर,धादिङ गल्छी गाउँपालिका वडा न.४ बस्ने वर्ष २६का ईश्वर बहादुर कार्कीबाट २ सय ९० गा्रम गाँजा, सिद्धार्थ नगरपालिका वडा न.११ बस्ने वर्ष २७का राजु शाहीबाट ४ सय एमएल ओनेरेक्स,नाईट्रोभेट ७३ ट्बलेट,स्पास्मो १४४ क्याप्सुल,सिद्धार्थ नगरपालिका वडा न.३ बस्ने वर्ष ४९का नरेन्द्र कुमार थापाको साथबाट स्पास्मो ३२ क्याप्सुल,नाईट्रोभेट ४५ ट्बलेट,नाईट्रोसन ५० ट्बलेट बरामद गरिएको रुपन्देहीले प्रहरीले जनाएको छ ।

पछिल्लो समय अवैध रुपमा हुने क्रियाकलापको भण्डाफोर गर्न आफु लागी परेको रुपन्देहीका प्रहरी उपरिक्षक प्रवीण पोख्रेलले बताएका छन् । भन्सारछली ल्याएका अवैध सामान पनि बरामद गरिरहेको जानकारी दिंदै प्रहरी उपरिक्षक पोख्रेलले अपराधिक गतिविधीमा संलग्नहरुलाई मुद्धा दायर गरि कानुनी कार्वाहिलाई अघि बढाएको समेत बताए । उनले रुपन्देहीबासीलाई सुरक्षाको अनुभुति दिलाई शान्ति सुरक्षा कायम गर्न विशेष योजनाका साथ प्रहरी परिचालन गरिएको बताउदै सुचना पाए संगै तत्काल घटनास्थल पुग्न मातहात इलाकालाई समेत निर्देशन दिएका छन् । सरुवा भई आएको महिना नपुग्दै एसपि पोख्रलेले यस्ता गतिविधिलाई नियन्त्रण गरि प्रहरीको काबु भित्र राख्न थाले संगै जनताले सुरक्षाको थप अनुभुति गर्न थालेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार