२०८३ भदौ ४ गते बिहीवार | August 20, 2026

गृहपृष्ठ ओरेक नेपालद्धारा लैंगिक हिंसा विरुद्धमा लहानमा प्रदर्शन

ओरेक नेपालद्धारा लैंगिक हिंसा विरुद्धमा लहानमा प्रदर्शन

 अन्तराष्ट्रिय बालिका दिवशको अवसरमा सिरहाको लहानमा लैंगिक हिंसा विरुद्धको र्याली कार्यक्रम सम्पन्न भएको छ । केन्द्रिय सरकार ,प्रदेश सरकार र स्थानीय सरकारको ध्यान आकर्षण गराउन र्याली निकालिएको हो।मौनता तोडौ नाराका साथ बलात्कार र लैंगिक हिंसा विरुद्धको राष्टिय अभियान अन्तर्गत लहानमा दोस्रो पटक ओरेकले प्रदर्शन गरेका हुन् ।
ओरेक नेपालको आयोजना र जनसेवा युथ क्लव र मिथिला सोसल क्लबको सहकार्यमा राममन्दिरबाट निकालिएको र्याली शहिद चौकमा गएर कोण सभामा परिणत गरी कार्यक्रम सम्पन्न गरिएको थियो।पछिल्लो समय अक्टोवर २ अर्थात अशोज १६ गते समेत प्रर्दशन गरेका थिए। र्याली कार्यक्रममा ५० जनाको सहभागिता रहेको थियोे। बलत्कार र लैंगिक हिंसा विरुद्धको राष्ट्रिय अभियान अक्टोवर २ देखि डिसेम्बर १० गते सम्म चलिरहने ओरेक नेपाल की कार्यक्रम तथा संचार अधिकृत अनिता चौधरी ले जानकारी दिनु भयो । सिरहाका बिभिन्न कार्यक्रम गरी अभियानलाई सफल पार्ने ओरेककी जिल्ला संयोजक ज्योति तिवारीले जानकारी दिनु भयो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार