गृहपृष्ठ कोरोनाको जोखिम बढेपछि पश्चिम् नवलपरासीको सुनवलका सिकाई केन्द्रहरु बन्द गर्न निर्देशन
कोरोनाको जोखिम बढेपछि पश्चिम् नवलपरासीको सुनवलका सिकाई केन्द्रहरु बन्द गर्न निर्देशन
पछिल्लो समय समुदाय स्तरमै कोरोना संक्रमण बृद्धि हुदै गए पछि पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले नगर भित्र संचालनमा रहेका सिकाई केन्द्रहरु बन्द गर्न निर्देशन दिएको छ । आइतबार सुनवल नगरपालिकाका उपसचिव बिष्णु प्रसाद गोतामेले एक सुचना जारी गर्दै नगरपालिका भित्र समुदाय स्तरमा कोरोना संक्रमण तिव्र रुपमा फैलिदै गएको र १२ बर्ष सम्मका बालबालिका उच्च जोखिममा रहेको हुदा सोमबार देखि बिद्यालय तथा समुदायमा संचालन भएका सवै सिकाई केन्द्रहरु अर्को सुचना जारी नभएसम्मका लागि बन्द गर्न आग्रह गर्नुभएको छ ।
सुचनामा यस अवधिमा बालबालिकालाई अभिभावक मार्फत एकल सिकाई सहजीकरण गर्न, छुटेका बालबालिकाको अभिलेखिकरण गर्न , सिकाई मुल्यांकनमा परियोजना कार्य दिन , अनलाईन कक्षा संचालन गर्न र पत्राचार तथा स्वअध्ययन सामाग्रीको प्रयोग गरि सिकाई क्रियाकलापलाई अभिभावक मार्फत निरन्तरता दिन सम्पुणर् बिद्यालय तथा अभिभावकहरुलाई अनुरोध पनि गरिएको छ । कोभिड १९ का कारण शैक्षिक गतिबिधि खुम्चिएका छन् । बालबालिकाको शैक्षिक सत्र खेर जान सक्ने अवस्थालाई आत्मसाथ गर्दै शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयले बैकल्पिक माध्यमबाट सिकाई सहजिकरण निर्देशिका जारी गर्दै सिकाईलाई निरन्तरता दिन ५ बिकल्पहरु जारी गरेको थियो ।









