२०८३ वैशाख ४ गते शुक्रवार | April 17, 2026

गृहपृष्ठ वीपी प्रतिष्ठान धरानमा दुईजना कोरोना संक्रमितको मृत्यु

वीपी प्रतिष्ठान धरानमा दुईजना कोरोना संक्रमितको मृत्यु

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित दुई जनाको मृत्यु भएको छ।

प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार मोरङ बेलबारी–१० का ३७ वर्षीय पुरुष र सुनसरी इटहरीकी ६० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो।

सहप्रवक्ता श्रेष्ठले इटहरी उपमहानगरपालिका–६ की महिलाको प्रतिष्ठानको आकस्मिक कक्षमा उपचारका क्रममा बुधबार विहान ४ बजे मृत्यु भएको हो। मधुमेहको विरामी महिलालाई असोज २४ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।

त्यसैगरि बेलबारी नगरपालिका–१० का पुरुषको उपचारका क्रममा कोभिड १९ अस्पतालमा मंगलबार बेलुका ६ बजेर ४५ मिनेटमा मृत्यु भएको हो। विरामी पुरुषमा पहिलेको दीर्घ रोगबारे जानकारी नदिइएको बताउँदै सहप्रवक्ता डा. श्रेष्ठले असोज २१ गते पुरुषको पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएको जानकारी दिए।

त्यसपछि उनलाई प्रतिष्ठानकै कोभिड–१९ अस्पतालमा भर्ना गरिएको थियो। यससँगै प्रतिष्ठानमा कोरोना संक्रमित ५३ जनाको मृत्यु भइसकेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार