२०८३ असार १७ गते बुधवार | July 01, 2026

गृहपृष्ठ क्वारेन्टिनबाट भागेका व्यक्तिमा कोरोना पुष्टि भएपछि गाउँमा त्रास

क्वारेन्टिनबाट भागेका व्यक्तिमा कोरोना पुष्टि भएपछि गाउँमा त्रास

शिखर नगरपालिका वडा नं. १ कपल्लेकीको क्वारेन्टिनमा राखिएका १६ जनामध्ये सात जना भागेर घर गएका छन्।

छिमेकी मुलुक भारतबाट रोजगारी गरी दशैँ, तिहार मनाउन घर फर्किएका १६ स्थानीयलाई उक्त वडाको केदारेश्वर माध्यामिक विद्यालयको क्वारेन्टिनमा राखिएको थियो।

क्वारेन्टिन राखिएकामध्ये १२ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ। सङ्क्रमित १२ मध्येका सात जना घर भागेर घर गएपछि अहिले गाउँमा त्रास फैलिएको छ।

शनिबार १६ जनाको स्वाब सङ्कलन गरी मङ्गलबार परीक्षण गर्दा १२ जनामा कोरोना सङ्क्रमण देखिएको शिखर नगरपालिकाका स्वास्थ्य संयोजक हरिश शाहले बताए।

उनले भने, ‘स्वाब परीक्षणको रिपोर्ट आउनुभन्दा पहिले नै सात जना भागेर घर गएछन्, उनीहरुमा कोरोना देखियो, गाउँमा त्रास फैलिएको छ।’

कोरोना सङ्क्रमित भएकाहरु गाउँमा गएपछि अहिले सो वडाको सेरी गाउँलाई सील गर्ने निर्णय गरेको शिखर नपरपालिकाका नगरप्रमुख सीताराम जोशीले बताए। उनले भने, ‘गाउँमा अरुलाई सङ्क्रमण नहोस भनेर गाउँ नै सील गछौँ।’

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार