२०८३ वैशाख १९ गते शनिवार | May 02, 2026

गृहपृष्ठ हिमालपारी लिमीका बासिन्दा अहिले पनि ढिके नुनकै भरमा

हिमालपारी लिमीका बासिन्दा अहिले पनि ढिके नुनकै भरमा

हिमालपारीको गाउँ लिमीका स्थानीय अहिले पनि ढिके नुनकै भर पर्नु परेको छ।

साल्ट ट्रेडिङ कर्पोरेशन ढुवानी अनुदानमा उपलब्ध गराउदै आएको आयोडिनयुक्त नुन लिमीमा नपुगेपछि चीनबाट आयात भएको ढिके नुन प्रयोग गर्नु लिमीका स्थानीयको बाध्याता भएको हो।

नाम्खा गाउँपालिका वडा नम्बर ६ को लिमीको हल्जी गाउँका स्थानीय सोनाम टसी तामाङले हालसम्म आयोडिन युक्त नुन प्रयोग गर्न नपाएको बताए।

हुम्ला जिल्लामा सरकारले ढुवानी अनुदानमा प्रतिकेजी नौ रुपियामा नुन उपलब्ध गराउदै आएको छ। तर हिमालपारीको गाउँ लिमीमा सो नुन कहिल्यै पुगेको छैन्।

तामाङले उक्त नुुन कहिल्यै गाउँमा नपुगेपछि ढिके नुन प्रयोग गर्नु स्थानीयको बाध्यता रहेको बताए। ढिके नुन मानिस सहित पशुबस्तुले समेत उपभोग गर्दै आएका छन्।

लिमी तील गाउँका अर्का स्थानीय राङ्डोल तामाङले सरकारले ब्यबस्था गरेरको नुन नआएपछि ढिके नुन प्रयोग गर्नु परि रहेको बताए।

कुनै बिकल्प नभएपछि लिमीका तीन वटै बस्तीका स्थानीयले ढिके नुन प्रयोग गर्नु परि रहेको छ। १८० घरधुरी रहेको लिमी गाउँमा एक हजार १७७ जनसंख्या रहेको छ।

यो जनसंख्याले कहिल्यै आयो नुन प्रयोग गर्न पाएको छैन् । गाउँ नछोडेका स्थानीयले त आयो नुनको पोका पनि देख्न पाएको छैनन्।

कर्पोरेशन हुम्लाका प्रमुख राज बहादुर लामाले आफुले मात्र लिमीमा नुुन पठाउन नसक्ने बताएबाट पनि यो समस्या भएको देखिएको छ।

सदरमुकाम सिमकोटबाट तीन दिन पैदल लाग्ने लिमीका लागि नुन ढुवानी गर्न बजेटको ब्यबस्था गरिएको छैन्। प्रमुख लामाले यसका लागि गाउँपालिका, स्थानीय प्रशासन बसेर समस्या समाधान गर्नुपर्ने सुझाव छ।

लिमी स्वास्थ्य चौकीको इन्चार्ज गोर्ख भण्डारीले आयोडिनयुक्त नुन प्रयोग गर्न नपाएपछि लिमीका स्थानीयमा गलगाँड र प्रेशरको बिराम बढेको बताए।

यसलाई सहज रुपमा लिए र लिमीका लागि आयोडिन युक्त नुनको ब्यबस्था नगरिए विभिन्न रोगको समस्या खडा हुन सक्ने स्वास्थ्यकर्मीको चेतावनी छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार