गृहपृष्ठ रुपन्देही प्रहरीको तदारुकता : सरकारी स्कूटर जलाउने चार युवाहरु विरुद्ध मुद्दा दायर
रुपन्देही प्रहरीको तदारुकता : सरकारी स्कूटर जलाउने चार युवाहरु विरुद्ध मुद्दा दायर
प्रदेश ५को राजधानीको विषयलाई लिएर विरोध प्रदर्शन गर्दै सरकारी स्कूटी जलाउने ४ जना युवालाई प्रहरीले निगरानीमा राखी अनुसन्धान अघि बढाएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नाममा रहेको लु १ ब २४७० नम्बरको स्कूटर जलाई आपराधिक उपद्रो गरेको अभियोगमा कारबाही अघि बढाइएको रुपन्देही प्रहरीका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक खड्क बहादुर खत्रीले जानकारी दिनुभयो ।
प्रहरी नायव उपरिक्षक खत्रीका अनुसार निगरानीमा पर्नेहरुमा बुटवल ११ बुद्धनगर बस्ने २५ वर्षिय भेषराज पोख्रेल, देविनगर बस्ने ३५ वर्षका रोशन थापा, तिलोत्तमा वडा न.२ बस्ने २८ वर्षिय सन्दिप पाण्डेय र गुल्मीको मालिका गाउँपालिका–८ घर भई बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा पढ्ने ३० वर्षका सुरज क्षेत्री रहेकोे जनाएको छ ।चार युवाहरुले गत असोज १६ गते बुटवल–११ देविनगरको होराइजन चोकमा सरकारी स्कुटि जलाएका थिए । उनिहरुलाई अपराधिक उपद्रोको मुद्दा दर्ता गरी कानूनी दायरामा ल्याई अनुसन्धान सुरु गरिएको प्रहरी उपरिक्षक प्रवीण पोख्रेलले जानकारी दिनुभयो ।
त्यस्तै,प्रहरीको स्कूटर रोकी धाक(धम्की दिने दुई जना युवालाई पक्राउ गरी प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । पक्राउ पर्नेहरुमा देवदह नगरपालिका(४ का वसन्त रेग्मी र सोही ठाउँका वसन्त खास रहेका छन् । रुपन्देहीको देवदह(५,खैरेनी कचहरा पुल माथी बसन्त रेग्मी र भुवन खासुले डिउटीमा जाँदै गरेका प्रहरीको स्कूटर रोकी स्कूटी फुटाईदिउ भन्दै धाक धम्की समेत दिई जबरजस्ती लाईसेन्स बिलबुक माग्ने काम गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई सार्वजनिक शान्ति विरुद्धको कसुर मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।
पछिल्लो समय अपराधिक क्रियाकलापमा संलग्नहरुलाई पक्राउ गरि कानुनी उपचारका लागी रुपन्देही प्रहरी प्रमुख प्रवीण पोख्रेल खरो रुपमा उत्रिएका छन् ।





