गृहपृष्ठ ६५ औं प्रहरी दिवस पश्चिम नवलपरासीमा पनि मनाईयो
६५ औं प्रहरी दिवस पश्चिम नवलपरासीमा पनि मनाईयो
६५औं प्रहरी दिवस पश्चिम् नवलपरासीमा पनि मनाईएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीको परिसरमा आज एक कार्यक्रमको आयोजना गरि प्रहरी दिवस मनाईएको हो ।
जिल्ला प्रहरी प्रमुख एसपी अजय केसिको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सागर मणि पाठक प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी पाठकले प्रहरी सधै जनता र राज्यको सेवामा प्रतिवद्व भएर लागिरहेको उल्लेख गर्दै देश परिवर्तन तथा अन्य विभिन्न आन्दोलनमा मारिएका अमर प्रहरीहरुप्रती श्रद्वाञ्जली व्यक्त गर्नुभयो ।

अमर प्रहरी प्रति शोक सलामी तथा प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण एंव प्रहरी नायव उपरिक्षक (D.s.p)राजु लामाले स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा अमर प्रहरी परिवारका सदस्यहरुलाई दोसल्ला ओढाई र जिल्ला मातहत युनिट इन्चार्ज हरु समाजमा शान्ति सु-ब्यवस्था कायम राख्न सफल र अपराध नियन्त्रण न्यूनीकरण तर्फ र तस्करी न्यूनीकरण तर्फमा समेत उल्लेखनीय भुमिका निर्वाह गर्नु भएको भन्दै प्रहरी निरीक्षक ,सहायक निरीक्षक ,हावल्दार र जवानहरुलाइ समेत पुरुस्कृत गरि सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा जि.सशस्त्र प्रहरी प्रमुख महेश अधिकारी अनुसन्धान बिभाग प्रमुख,जि.सेना प्रमुख , पत्रकार महासंघ जिल्ला अध्यक्ष पुर्व प्रहरी संघका अध्यक्ष शम्भु उपध्या, जिल्ला स्थित विभिन्न कार्यालयका प्रमुख तथा अतिथी , पुर्व प्रहरी, अमर प्रहरी परिवारका सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।
दिवसको अवसरमा जिल्ला प्रहरी प्रमुख एसपि केसिले, पुर्व प्रहरी कर्मचारी र अमर प्रहरी परिवारका बिचमा अन्तरक्रिया कार्यक्रमको आयोजना समेत गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।





