२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ सैनामैना होटल ब्यवसायीमा नयाँ नेतृत्व : अध्यक्षमा खिमराज पौडेल चयन

सैनामैना होटल ब्यवसायीमा नयाँ नेतृत्व : अध्यक्षमा खिमराज पौडेल चयन

सैनामैना होटल तथा रेष्टुरेण्ड व्यवसायी संघकोे दोस्रो अधिबेशन तथा तेस्रो अधिबेशनले नयाँ नेतृत्व प्रदान गरेको छ । अधिबेशनले खिमराज पौडेलको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो । जसको वरिष्ठ उपाध्यक्षमा.नारायण सेन,उपाध्यक्षमा माया केसी,महासचिब माधब प्रसाद ज्ञवाली,सचिब कृष्ण पाण्डे सह— सचिब विष्णु सापकोटा,कोषाध्यक्षमा देवराज घिमिरे,सह— कोषाध्यक्ष लालुराम पाण्डे र बाँकी सदस्यमा नारायण आचार्य,चामलाल न्यौपाने,अच्यूत शर्मा पौडेल,यमलाल पन्थ,मिना राना,हिरालाल पन्थी,होम बहादुर तरामु,केशरबाबु तुलाचन,चित्रलाल तुलाचन, निमलाल जैशी,मेनुका चौधरी,सुवास केसी,सुवास भट्राई,प्रदिप पाण्डे रहनुभएको छ ।

      होटल र पर्यटन क्षेत्र परिपूरक हुन् : मेयर चित्र कार्की

सैनामैना नगरपालिकाका मेयर चित्र बहादुर कार्कीले आर्थिक विकासको मेरुदण्ड पर्यटन क्षेत्र रहेको बताउनुभएको छ । पर्यटन प्रर्वद्धनमा होटल व्यवसाय क्षेत्रको योगदान महत्वपूर्ण हुने मेयर कार्कीले बताउनुभएको हो । सैनामैना होटल तथा रेष्टुरेण्ड व्यवसायी संघकोे दोस्रो अधिबेशन तथा तेस्रो अधिबेशनलाई आज सम्बोधन गर्दै उहाँले होटल र पर्यटन क्षेत्र परिपूरक रहेको बताउनुभयो ।

लुम्बिनीको काखमा अवस्थित सैनामैना अथाह पर्यटकीय सम्पदा रहेको भन्दै पर्यटन प्रवर्द्धनमा सहयोग गर्न होटल व्यवसायीलाई आग्रह उहाँले गर्नुभयो । सैनामैना प्राकृतिक,सिमासार,ऐतिहासिक, सांस्कृतिक,धार्मिक,पुरातात्विक एवं पर्यटनका हिसाबले धनी भएको भन्दै आफ्नो व्यावसायिक कामका लागि मात्र नसम्झी पर्यटकका रुपमा यहाँका पर्यटकीयस्थलमा पुगेर प्रवर्द्धन गरिदिन अपिल गर्नुभयो ।स्थानीय सरकारले पर्यटन पूर्वाधारको विकासलाई महत्व दिएर बजेट विनियोजन गरेको जानकारी दिँदै मेयर कार्कीले विभिन्न विकासका योजना अघि सारिएको बताउनुभयो ।

स्वदेशमै खोलिएको होटल ब्यवसायले देशको अर्थतन्त्रमा टेवा दिने नेपाली कांग्रेस रुपन्देही जिल्ला उपसभापति फणिन्द्र प्रसाद शर्माले बताउनुभएको छ । सरकारले लगानीमैत्री वातावरण सिर्जना गरेर लगानी गर्न व्यवसायीलाई प्रोत्साहित गर्नुपर्ने बताउनुभयो । कोरोना संक्रमणले विश्वको अर्थतन्त्र हल्लाइरहेको बेला नेपालमा पनि त्यसको असर देखा परेको उहाँले उल्लेख गर्नुभयो । महामारीलाई सामाना गर्न तिनै तहका सरकार गम्भीर भएर लाग्नुपर्ने बताउनुभयो ।

कोरोना भाइरसका कारणले होटलमा निक्कै प्रभाव परेको नेपाली कांग्रेस सैनामैना नगरसभापति राम प्रसाद अधिकारीले बताउनुभएको छ । ब्यवसायीक क्षेत्रमा देखिएको दयनीय अवस्थाप्रति बर्तमान सरकार निकम्म बनेको आरोप अधिकारीले लगाउनुभयो । सरकारले कोरोना लागेको ब्यक्तिको उपचार खर्च स्वंयले नै बेहोर्नेु पर्ने निर्णय अमान्य भएको दावि गर्नुभयो । सरकार जनउत्तरदायि नबन्दा महामारीको रुप थप भयावह हुन सक्ने अधिकारीले भन्नुभयो ।

संघले होटल ब्यवसायको हकहितमा काम गर्नुपर्ने नेपाल कम्यूनिष्ट पार्टि सैनामैनाका ईन्चार्ज खुशीराम चौधरीले बताउनुभएको छ । आन्तरिक तथा बाह्रय पर्यटक भित्राउन होटल ब्यवसायले स्तरीय सेवा दिनुपर्ने चौधरीले बताउनुभयो । यस्तै कार्यक्रममा सैनामैना उधोग वाणिज्य संघका अध्यक्ष राज बहादुर क्षेत्रि,संघका वरिष्ठ सल्लाहाकार ढुण्डीराज न्यौपाने लगायतले बोल्नुभएको थियो भने संघका अध्यक्ष नारायण खरेलले वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो । सैनामैना १ स्थित र्तिमुर्ति पार्टि प्यालेसमा भएको कार्यक्रमको सञ्चालन भने संघका महासचिब नारायण सेनले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार