गृहपृष्ठ डा. बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना संक्रमण
डा. बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना संक्रमण
पूर्वप्रधानमन्त्री एबम जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र नेतृ हिसिला यमीलाई कोरोना भाइरसको संक्रमण भएको छ ।
डा. भट्टराईले सामाजिक सञ्जालमार्फत आफू र पत्नी यमीमा कोरोना संक्रमण पुष्टि भएको सार्वजनिक गरेका छन्। उनले कात्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएको बताएका छन् । डा. भट्टराई र यमी होम आइसोलेसनमा बसेका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ । डा. भट्टराईले आफूहरुको सम्पर्कमा आएका सबैलाई सतर्कता अपनाउन आग्रह गरेका छन् ।





