२०८३ वैशाख ४ गते शुक्रवार | April 17, 2026

गृहपृष्ठ वडाध्यक्षसहित १२ जना जुवाको खालबाट पक्राउ

वडाध्यक्षसहित १२ जना जुवाको खालबाट पक्राउ

गुल्मीमा जुवा खेलिरहेको अवस्थामा वडाध्यक्षसहित १२ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार गुल्मीको रेसुङगा नगरपालिका वडा नं. ७ का वडाध्यक्ष मोहन पाण्डेसहित १२ जना पक्राउ परेका हुन् । वडाध्यक्ष पाण्डे युवा संघ गुल्मीका संयोजक पनि हुन्।

उनीहरुलाई रेसुङगा नगरपालिका ८ तम्घासस्थित एभरग्रीन होटलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजकुमार रावलले बताए । जुवा खेलिरहेको सूचना पाएपछि प्रहरीले छापा हानेको थियो।उनीहरुबाट ७० हजार रुपैयाँ पनि बरामद गरेको छ । थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, गुल्मीले जनाएको छ ।

@kathmandupress

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार