२०८३ असार १३ गते शनिवार | June 27, 2026

गृहपृष्ठ भारतीय सीमा क्षेत्रमा नेपाली युवक मृत फेला हत्या आशंका

भारतीय सीमा क्षेत्रमा नेपाली युवक मृत फेला हत्या आशंका

फोटो-तिलोत्तमा सिटी 

भारतको सीमावर्ती बजार जोगवनी नजिकै नेपाली युवकको शव भेटिएको छ । दशगजाबाट करिब एकसय मिटर दक्षिणमा अन्दाजी २५/२६ वर्षीय एक नेपाली युवकको शव भेटिएको हो ।शरीरका केही भागमा निलडाम भएको र कानबाट रगत बगेका कारण हत्या भएको हुनसक्ने प्रहरीले बताएको छ । ती युवकको पहिचान खुलेको छैन ।इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले नेपाल–भारत सीमा क्षेत्रको दशगजा नजिकै भारतीय भूमिका शव भेटिएको बताए ।

उनका अनुसार घटनास्थल विराटनगर महानगरपालिका–१६ दक्षिण गेटबाट लगभग सय मिटर पर भारततर्फ पर्छ ।मृतक लागुऔषधका दुव्र्यसनी रहेको स्थानीयलाई उधृत गर्दै प्रहरीले बताएको छ । ‘मृतक युवक यसअघि सो क्षेत्रमा हिँडडुल गर्दा रहेछन्’ प्रहरी निरीक्षक थापाले भने ‘लागूऔषध प्रयोगकर्ता रहेको जानकारी आएपनि परिचय खुलेको छैन ।’ मृतकको पहिचान गर्ने प्रयास भइरहेको थापाले बताए ।

@tilottamacitynews

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार