२०८३ असार १७ गते बुधवार | July 01, 2026

गृहपृष्ठ आज नेपालमा थप २७५३ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित ३५ हजार ४३५

आज नेपालमा थप २७५३ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित ३५ हजार ४३५

नेपालमा थप २७५३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल २७५३ जना संक्रमित थपिएको जानकारी दिएको छ ।अहिलेसम्म कुल एक लाख ९१ हजार ६३६ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ३५ हजार ४३५ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २२०६ सय जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म एक लाख ५५ हजार ११४ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ८०.९ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ४२३ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर १५ लाख २७ हजार ७६६ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा ११४४ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा ३५ हजार ४३५ जना रहेका छन् ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा नेपालमा थप १७ जनाको मृत्यु भएको छ । यस सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०८७ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार