२०८३ वैशाख ३ गते बिहीवार | April 16, 2026

गृहपृष्ठ लाश बन्धक राखेर गरिब लुटदै मोरङको बिराटनगर अस्पताल

लाश बन्धक राखेर गरिब लुटदै मोरङको बिराटनगर अस्पताल

कोभिड १९ महामारीको कारण संसारकै मानव जीवन अस्तव्यस्त रहेको बेला सरकारले कोभिड पोजेटिभ देखिएको बिरामीलाई निशुल्क उपचार गर्ने प्राबधान लागू गरेतापनी मोरङको बिराटनगर अस्पतालले लास बन्धक राखेर एक गरिबलाइ लुट्दै  गरेको पाइएको छ।

सिरहाको बिष्णुपुर गाउँपालिका वडा नं. २ को एक बिरामी कुरुवा भन्छन अस्पतालको डक्टरले आफुहरुलाइ औषधी  बाहिरको फार्मेसीबाट मगाँएर दिदादिदै पनि त्यही औषधी बिरामीमा  प्रयोग नगरी अस्पताल भित्र छुट्टै बिल बनाएको दुखेसो पोखे। पिडितले भने एक दिनको आइसियु चार्ज बाहिरबाट मगाँएको औषधी बाहेक दैनिक पचास हजारको दरले जोडेर ४ लाख सतहत्तर हजार भन्दा पनि बढी बनाएर    अस्पतालले  पैसा तिराउने  गरेको  आरोप लगाएका छन ।

सरकारले कोरोना पोजिटिभ बिरामीको हकमा निशुल्क उपचार भनिएतापनी मरेको शबलाइ पनि सुधार हुँदै छ भनेर पैसा लुट्ने गरेको आरोप लगाए । लुटेरा शैली र धाकधम्कीका साथ बिरामी कुरुवासँग पैसा असुल्ने नीतिमा रहेको भन्दै आर्थिक स्थित अति दयनीय रहेको पिडितले मिडियाकर्मी सँग भने कार्तिक १७ गते बिरामी भर्ना गराएको छु ।आफू सँग जग्गा जमीन पनि नरहेको के बेचेर रकम तिर्नु शब नै छोडेर घर फर्केको बताए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार