२०८३ असार १३ गते शनिवार | June 27, 2026

गृहपृष्ठ पछिल्लो २४ घन्टामा नेपालमा थपिए १९४६ जना कोरोना संक्रमित

पछिल्लो २४ घन्टामा नेपालमा थपिए १९४६ जना कोरोना संक्रमित

पछिल्लो २४ घन्टामा नेपालमा थप १९४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ८ हजार २९९ पुगेको छ भने अहिलेसम्म १ लाख ७० हजार ६३२ जना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार शनिबारमात्रै २५०३ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२१५ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार