गृहपृष्ठ ट्रकको ठक्करबाट गयो प्रहरी हवल्दारको ज्यान
ट्रकको ठक्करबाट गयो प्रहरी हवल्दारको ज्यान
पुर्व – पश्चिम महेन्द्र राजमार्ग अन्तरगत पर्ने कञ्चनपुरको वेदकोट नगरपालिकामा ट्रक र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ । बेदकोट नगरपालिका वडा नम्बर १ चम्फापुरमा मोटरसाइकल दुर्घटनामा परि नेपाल प्रहरीमा कार्यरत प्रहरी हवल्दार राम बहादुर बिष्टको मृत्यु भएको हो ।
पश्चिम महेन्द्रनगर बजार बाट पुर्व तर्फ गैरहेको से १ च १४०६ नम्बरको ट्रकले लु १२ प ५१५ नम्बरको मोटरसाइकलमा सवार प्रहरी हवल्दार बिस्टलाइ ठक्क्र दिदा हवल्दार बिस्टको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । सुक्लाफांटा नगरपालिकाको झलारी स्थित घरबाट कार्यरत प्रहरी चौकी दोधाराचादँनी झुलुङ्गे पुल जाने क्रममा आइतबार दिउँसो प्रहरी हवल्दार बिष्टलाई टक्कर दिएको हो ।






