२०८३ असार १३ गते शनिवार | June 27, 2026

गृहपृष्ठ बालिका हत्या प्रकरणलाई लिएर सिरहाको लहानमा श्रद्धाञ्जली

बालिका हत्या प्रकरणलाई लिएर सिरहाको लहानमा श्रद्धाञ्जली

सिरहाको लहानमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । पुर्व पश्चिम लोकमार्ग अन्तरगत सिरहाको लहानको सहिद चोकमा मैन बत्ति बालेर श्रद्धाञ्जली सभा सम्पन्न गरेका छन् । युवा संघ नेपाल, सिरहाले आयोजना गरेको ,मृतक बालिका स्व: गुलाब साह खातुनको श्रदाञ्जली कार्यक्रममा बोल्दै श्रद्धाञ्जली सभाका प्रमुख अतिथि तथा युवा संघ नेपालका सिरहा संयोजक राजेश यादवले भने यो बर्दिबासको घटना होइन यो हाम्रो घर आगनको घटना हो ।

यदि नानीले न्याय नपाए सडक आन्दोलन गर्ने उनले बताए । संघका सिरहा सह संयोजक आशानन्द यादवले भने अबोध नानीलाई हत्या गरेको ब्यक्ती कस्तो पापी होला उक्त पापीलाई कडा कार्बाहि हुनुपर्छ । कार्यक्रममा संघका युवा नेताहरुमा मनोज सहानी , महेश यादव , पपु साह , सुर्या सिंह , मो. नजाम अन्सारी ,अनिल यादव रामउदगार यादव ,लगायतका सयौं युवा नेताहरुको सहभागिता रहेको थियो । त्यसको प्रत्याभूति दिलाउने मौका फेरि लहान लाई नदिउन् सरकार ।

जुन देशमा महिला राष्ट्रपति छन , त्यो देशमा महिला नै असुरक्षित छन । यो राष्टपति सम्पूर्ण देश को नभएर केही वर्ग समुदाय को मात्र हो । यति मात्रै होइन , काठमाडौंमा आन्दोलन हुँदा , पानीका ट्यांकी आउँछन् , भीड नियन्त्रण हुन्छ तर मधेशमा केवल विरोध गर्दा गोली नै चलाउनु पर्ने यो कहा को न्याय हो ? के पानी र गोली बराबर हुन ? एकछिन त नीतीश को बोलीले लहान वासीको मन छोएको देखियो , सबै भावुक भएका थिए । अब युवा जाग्नु जरुरी छ । युवा उठे जस्तो सुकै सरकार र कानून फेल हुन्छन् । बालिकाको आत्माको चिर शान्तिको कामना गर्दै दिप प्रज्वलन गरी सभा समापन गरिएको थियो ।

यो पनि हेरौ सुन्दर गजल अनि बाचन :

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार