२०८३ असार ११ गते बिहीवार | June 25, 2026

गृहपृष्ठ तिनाउ गाउँपालिकामा अनलाईन प्रणाली मार्फत राजस्व सँकलन तथा योजना व्यवस्थापन तालिम

तिनाउ गाउँपालिकामा अनलाईन प्रणाली मार्फत राजस्व सँकलन तथा योजना व्यवस्थापन तालिम

तिनाउ गाउँपालिकामा अनलाईन प्रणाली मार्फत राजस्व संकलन तथा योजना व्यावस्थापन तालिम सम्पन्न भएको छ । नेपाल सरकारको सुचना प्रविधि सम्वन्धि निति अनुरुप सरकारी कार्यालयको कामकाज पारदर्शी र वैज्ञानिक ढंगले कार्यसम्पादन गर्न अनलाईन प्रणाली मार्फत राजस्व संकलन गर्न कर्मचारीहरुलाई उक्त सफ्टवेयर सम्वन्धि तालिम सञ्चालन गरीएको गाउँपालिका अध्यक्ष ओम बहादुर घर्ति मगरले बताउनुभयो ।

तलिममा पालिकाभित्रका सबै वडा सचिव र वडा सहायक, गाउँपालिकाको लेखा प्रशासन र राजस्वका कर्मचारीहरुको सहभागिता रहेको थियो । २ दिनसम्म चलेको उक्त तालिममा उपाध्यक्ष दयमन्ति थापा , प्रबक्ता राजेश श्रेष्ठ ,लेखा अधिकृत शंकर पुरी लगायतले राजस्व सँकलन अलनाईन प्रणालीको आवश्यकता र महत्वबारे आ-आफ्नो विचार राख्नुभएको थियो । तालिमको सहजिकरण सुचना प्रवधि अधिकृत तुल बहादुर घर्तिले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार