गृहपृष्ठ लायन्स क्लब बुढीगङ्गा एक्टिभद्वारा खाद्यान्न र न्यानो लत्ता कपडा सहयोग
लायन्स क्लब बुढीगङ्गा एक्टिभद्वारा खाद्यान्न र न्यानो लत्ता कपडा सहयोग
लायन्स क्लब बुढीगङ्गा एक्टिभले स्वर्गीय खडानन्द सापकोटाको परिवारलाई खाद्यान्य तथा न्यानो कपडा प्रदान गरेको छ । क्यान्सर रोगका कारण मृत्यु भएका सापकोटाको परिवारलाई शुक्रबार उक्त क्लबले खाद्यान्य तथा न्यानो कपडा प्रदान गरेको हो ।
लायन्स क्लब बुढीगङ्गा एक्टिभले दुई थान ब्याल्ङकेट, एक बोरा चामल, चिनी, तेललगायतका सामग्री प्रदान गरेको उक्त संस्थाकी अध्यक्ष राधा आचार्यले बताइन् । आर्थिक अवस्था कमजोर भएका कारण सापकोटाको परिवारलाई थोरै भए पनि सहयोग पुगोस् भनेर उक्त सामग्री प्रदान गरिएको आचार्यले बताइन् ।





