गृहपृष्ठ पुर्वी नवलपरासीमा नदिजन्य पर्दाथ चोरीमा संलग्न १९ वटा ट्याक्टर प्रहरीको नियन्त्रणमा
पुर्वी नवलपरासीमा नदिजन्य पर्दाथ चोरीमा संलग्न १९ वटा ट्याक्टर प्रहरीको नियन्त्रणमा
पुर्वी नवलपरासीमा नदिजन्य पदार्थको अवैध चोरी निकासी कार्यमा बृद्धि भएको छ । प्रहरीले अवैध चोरी निकासीमा संग्लग्न ट्याक्टरहरु नियन्त्रणमा लिएर आवश्यक कारबाहिका लागि सम्बन्धीत स्थानिय तहमा बुझाउने गरे पनि चोरीका घटनामा कमी आउन सकेको छैन । मंगलबार मात्र जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पुर्वबाट खटिएको प्रहरी टोली, प्रहरी चौकी तम्सरीया र अस्थायी प्रहरी पोष्ट डण्डाबाट खटेको टोलीले जिल्लाका विभिन्न स्थानबाट १९ बटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।
जिल्लाको विनयी त्रिवेणी गाउँपालिका २ स्थित विनयी खोलाबाट १२ बटा र प्रहरी चौकी तम्सरीया र अस्थायी प्रहरी पोष्ट डण्डाको टोलीले हुप्सेकोट १ बेल्हुवा र कावासोती १६ को पत्थर खोलाबाट ७ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पुर्वका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक मोहन बहादुर खाँडले जानकारी दिनुभएको छ । नियनत्रणमा लिईएका ट्याक्टरहरु अवैध रुपमा नदिजन्य पदार्थको चोरीनिकासी गर्दै गर्दाको अवस्थामै नियन्त्रणमा लिईएकोले आवश्यक कारबाहीका लागि सम्बन्धीत निकायमा पठाईको खाँडले बताउनुभएको छ । प्रहरीले लु ४ त १०३६ , लु २ त ७७२० , लु ४ त ४१६२ , लु २ त ४५५० , लु ४ त ८६६ , लु ४ त १०८४ , ना ७ त ६०८४ , प्र २ (०३(००१ त ६६३ , ना ४ त ९८९५ , ना ५ त ६००५ , ना ६ त २०५ , ना ५ त ४०३ , ना ६ त ६०२० , यलभ तभकत १ र नंम्बर नखुलेको ५ वटा गरी जम्मा १९ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको हो । पछिल्लोपटक प्रहरीले नदिजन्य पदार्थको अवैध चोरीनिकासी नियन्त्रणका लागि आफ्नो सक्रियता बढाएसंगै धमाधम ट्याक्टरहरु नियन्त्रणमा लिईएको छ । जतिसुकै नियन्त्रणमा लिए पनि अबैध चोरीनिकासी गर्ने समुह पनि झनै सक्रिय भएका छन् ।






