२०८३ वैशाख ३ गते बिहीवार | April 16, 2026

गृहपृष्ठ काङ्ग्रेसका सम्पुर्ण बिरोधका कार्यक्रम सार्थक रहयो : नेता बद्री यादव

काङ्ग्रेसका सम्पुर्ण बिरोधका कार्यक्रम सार्थक रहयो : नेता बद्री यादव

नेपाली काङ्ग्रेस सिरहाले जिल्लाभरी संसद विघटनको विरोधमा कार्यक्रमको आयोजना गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलिले संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै देशभरि विभिन्न पार्टीका राजनीति प्रतिनिधिहरुले आन्दोलनमा उत्रिएका छन्। नेपाली काङ्ग्रेसले सिरहा लगायत देश भरी बिरोध प्रदर्शन गरेका छन् । देश भरिमा काङ्ग्रेसले गर्दै आएको चरणबध आन्दोलन मध्ये सिरहाको आन्दोलन अग्रनिय र प्रभावकारी रहेको तरुण दलका युवा नेता बद्री यादवले जानकारी दिए ।

काँग्रेसले संसद विघटनको विरोधमा देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शनको कार्यक्रम आयोजना गरेका काँग्रेसले संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै आएको छ । उक्त कदमविरुद्ध काँग्रेसले पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा,र पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा र माघ ३ गते ७ सय ५३ पालिकाहरुमा विरोध प्रदर्शनको आयोजना गरेको तरुण दल सिरहाको युवा नेता बद्री यादवले जानकारी दिए ।

यस्तो अर्जक्ता सरकारकारको विरुद्वमा तरुण दल सिरहाले चरण बध आन्दोलन गर्न पछाडी न हटने नेता यादवले जानकारी दिनु भयो । काङ्ग्रेसका सम्पुर्ण बिरोधका कार्यक्रम सार्थक र असंवैधानिक र अलोकतान्त्रिकको विरुद्धको आन्दोलनबाट कहिले पछी नहटने यादवले बताए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार