गृहपृष्ठ कञ्चन १ मा अवैध माटो उत्खनन गरि विक्रि वितरण, माटो प्लटिंग प्रयोग गरिदै
कञ्चन १ मा अवैध माटो उत्खनन गरि विक्रि वितरण, माटो प्लटिंग प्रयोग गरिदै
रुपन्देहीको कञ्चन गाउँपालिकामा अवैध रुपमा माटो उत्खनन् र विक्रि वितरण भएको छ । कञ्चन १,सुन्दरनगर स्थित रातोडाडाको सुकुम्बासी बस्तीबाट अवैध रुपमा माटो उत्खनन् गरि धमाधाम प्लटिंग गरिएको पाइएको हो । सोमबार लु१क ५२८० नम्बरकोे जेसिभि,लु ४ ज ४३७४ नम्बर लगायत अन्य ट्याक्टरको प्रयोग गरि धमाधाम माटो उत्खनन् हुँदा समेत सम्बन्धीत निकाय भने मौन रहेको छ । पत्रकार त्यहा पुग्दा मेसिन सहित ३ ट्याक्टर भागेका थिए ।
कञ्चन १का विभिन्न स्थानमा समेत माटो उत्खनन् गरि जग्गा पलटिङ कार्यले तिव्रता पाएको छ । सुकुम्बासी र अब्यवस्थित बसोबासी सम्बन्धी समस्या समाधान लागि कञ्चन गाउँपालिकामा लगत संकलन कार्य अघि बढिरहदाँ अवैध रुपमा माटो उत्खनन् गरि ओसारपोसार भएको हो ।
यो कार्यमा गाउँपालिकालाई कुनै जानकारी नभएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेख बहादुर बस्नेतले बताएका छन् । सुकुम्बासी बस्तीबाट यसरी माटो उत्खनन् गरि ओसारपोसार गर्ने अवैध भएको भन्दै उक्त कार्यमा संलग्नलाई कानुनी कार्वाहिमा ल्याइने बताए । मापदण्ड पुरा गरि सार्वजनिक प्रयोजनका लागी बाहेक अन्यका लागी एैलानी जग्गाबाट माटो उत्खनन् गर्न नपाइने प्रावधान रहेको छ ।





