२०८३ असार २२ गते सोमवार | July 06, 2026

गृहपृष्ठ बुधबार बिहान १० बजेदेखी लुम्बिनी प्रदेशका ६ जिल्लामा कोरोना विरुद्धको खोप ‘कोभिसिल्ड’ लगाउन सुरु गरिने

बुधबार बिहान १० बजेदेखी लुम्बिनी प्रदेशका ६ जिल्लामा कोरोना विरुद्धको खोप ‘कोभिसिल्ड’ लगाउन सुरु गरिने

कोरोना विरुद्धको खोप ‘कोभिसिल्ड’ बुधबार बिहान १० बजेदेखी लुम्बिनी प्रदेशका ६ जिल्लामा लगाउन सुरु हुने छ । पहिलो चरणमा फ्रन्टलाइनमा खटिएका सरसफाइकर्मी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई खोप लगाइने गरि तयारी भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कोभिड विरुद्धको खोपको व्यवस्थापन लुम्बिनी प्रदेश संयोजक डा बिकास देबकोटाका अनुसार भोली खोप अभियानको प्रधानमन्त्री निवास बालुवाटारवाट औपचारिक उदघाटन सुरु गर्ने बताए ।

लुम्बिनी प्रदेशमा भने मुख्यमन्त्री शंकर पोखरेलले सुभारम्भ गर्ने र खोपलगाउन सुरु गर्ने प्रदेश स्वास्थ्य निर्देशक डा. बिनोद कुमार गिरीले बताए । लुम्बिनी प्रदेशका ११ जिल्लामा दुई चरणमा खोप अभियान सञ्चालन हुनेछ । ११ मध्ये ६ वटा तराइका जिल्लामा १४ गते र अन्य ५ वटा पहाडी जिल्लामा १७ गते खोप अभियान सुरु हुने बताइएको छ । बुधबारका लागि रुपन्देही जिल्लाको भीम अस्पताल र लुम्बिनी प्रादेशिक अस्पताल बुटबल, कपिलवस्तु जिल्ला अस्पताल, दाङमा राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान राप्ति प्रादेशिक अस्पताल, भेरी अस्पताल बाँके र जिल्ला अस्पताल बर्दियामा खोप केन्द्र तोकिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार