२०८३ असार १४ गते आइतवार | June 28, 2026

गृहपृष्ठ पर्यटकीय क्षेत्र बडिमालिकामा पनि हेलीकप्टर टुरु सेवा सुरु

पर्यटकीय क्षेत्र बडिमालिकामा पनि हेलीकप्टर टुरु सेवा सुरु

 

बाजुरा जिल्लाको धार्मिक तथा पर्यटकिय क्षेत्र बडिमालिकमा पनी हेलीकप्टर टुरु सेवा सुरु आइतबारबाट सूरू भएकाे छ । खप्तड होम स्टेको सहयोगमा आज अर्थात आइतबारबाट दिपायल देखी बाजुराको बडिमालिका सम्म हेली टुरुको सुभारम्भ भएकाे खप्तड होम स्टेका संचालक दिपक खड्काले बताएका छन ।

आइतबार पहिलो उडानमा नेपाल पर्यटन बोर्डका सिइयो डा. धनन्जय  रेग्मी र बोर्डका सदस्य कृष्ण महराले उक्त हेली टुरको शुभारम्भ गरेकाे खप्तड होम स्टेका संचालक खड्काले  बताएका छन । दिपायल देखी बडिमालिका सम्मको हेली टुर माघ २५ गते सम्म प्याकेज रहेको उनले बताएका छन । आज खप्तड बडिमालिका दर्शनका लागि नेपाल पर्यटन बाेर्डका कार्यकारि निर्देशक डा. धनन्जय रेग्मी , एनटिए केन्द्रका अध्यक्ष अच्युत गुरागाई र पर्यटन ब्यवसायी कृष्णबहादुर महराले खप्तड – बडिमालिका दर्शन गरेकाे हाेटल तथा पर्यटन ब्यवसायी महासंघ सुदुरपश्चिम प्रदेश अध्यक्ष खड्काले जानकारी दिएका छन ।

सुदुरपश्चिमकै धरोहरको रुपमा रहेको बाजुराको बडिमालिका र खप्तडको पर्यटन प्रबद्धन गर्न माउन्टेन हेलीकप्टरको समन्वय तथा खप्तड होम स्टेको सहयोगमा सो प्याकेज ल्याएको उनले बताए । सुदुरपश्चिमका पर्यटन क्षेत्रको बिकाश र पर्यटन प्रबद्धन गर्न उनले हेली प्याकेजका साथै अन्य बिकाशका लागि केही गर्न सकिन्छ की भनेर यस्तो सेवाको प्याकेज बनाएको खड्काले बताए । धर्तिकाे स्वर्ग बडिमालिका जाँउ , धार्मिक महिनामा पुण्य कमाउ भन्ने मुल नाराका साथ हेलिकप्टरबाट दिपायल – बडिमालिका प्रति ब्यक्ति २७ हजार ५ सय रहेकाे र साे हेलीक्पटरमा   चार जना अनिवार्य हुनुपर्ने  खड्काले बताएका छन ।

@badimalika.com

छुटाउन नहुने यो भिडियो पनि हेरौ :

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार