२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ नेपाल विद्यार्थी संघ पश्चिम् नवलपरासीको परासीमा बिरोध प्रदर्शन

नेपाल विद्यार्थी संघ पश्चिम् नवलपरासीको परासीमा बिरोध प्रदर्शन

नेपाली काङ्ग्रेस केन्द्रिय समितीको निर्देशन अनुसार आज देशकै ७७ जिल्लाका भातृ संगठनले गरिरहेको प्रतिनिधि सभा विघटन विरुद्धको बिरोध कार्यक्रम अनुरुप आज पश्चिम् नवलपरासीको नेपाल विद्यार्थी संघले परासीमा बिरोध कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाली काङ्ग्रेस नवलपरासीको पार्टी कार्यालय बाट सुरु भएको र्याली बुद्ध चोक परासीमा कोणसभामा परिणित भएको थियो । नेपाल बिद्यार्थी संघ पश्चिम् नवलपरासीले आयोजना गरेको बिरोध कार्यक्रम नेपाल विद्यार्थी संघ नवलपरासीका नि० वर्तमान अध्यक्ष दधिराम पौडेलको अध्यक्षता तथा नेपाली काङ्ग्रेस नवलपरासीका उप-सभापति अर्जुन पोखरेलको प्रमुख अतिथिक्तामा सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाल विद्यार्थी संघ नवलपरासीका पदाधिकारी तथा विभिन्न भात् संगठनका नेताहरु सहभागिता रहेको कार्यक्रम नेपाली काङ्ग्रेस नवलपरासीका जिल्ला सदस्य चन्द्र ढकाल ,आराधाना भट्ट , सिना कुन्वर , नरेश भट्टराई , नेपाल विद्यार्थी संघ नवलपरासीका नि० वर्तमान उप- सभापति राकेश गुप्ता लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम चेतनरायण भण्डारीले सन्चालन गरेका थिए भने स्वागत मन्तव्य किशोर गैरेले राखेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार