गृहपृष्ठ कसैले नदिएको ताज पहिरिएर ओली आफै राजा भएर हिँडेको छन् : नेता माधवकुमार नेपाल
कसैले नदिएको ताज पहिरिएर ओली आफै राजा भएर हिँडेको छन् : नेता माधवकुमार नेपाल
सत्तारुढ नेकपाको असन्तुष्ट समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले नदिएको ताज पहिरिएर आफै राजा भएर हिँडेको आरोप लगाएका छन् । उनले ओलीले मदन भण्डारीको स्थानमा पशुपतिनाथको नाम जप्न थालेको बताएका छन् ।
‘केपी जी, तपाई त मदन भण्डारीको नाम जप्नु हुन्थ्यो। आजकल पशुपतिनाथको नाम जप्न थाल्नुभएको छ । तर एउटा कुरा याद गर्नुस् । पशुपतिनाथले पनि पाप गर्नेलाई भलो गर्दैनन्। चेतना भया’, आफ्नो समूहको शक्ति प्रदर्शन सभामा बोल्दै नेपालले भने । बत्ति बालेर ओलीले गरेको पाप नपखालिने नेपालले टिपप्णी गरे ।
निर्वाचन आयोगमा गएर प्रधानमन्त्री ओलीले आफू प्रथम अध्यक्ष भएको भन्दै धम्काएको नेता नेपालले बताए । उनले ओली आफ्नो गुटको र बालकोटको मात्रै अध्यक्ष भएको बताए ।





