२०८३ वैशाख १७ गते बिहीवार | April 30, 2026

गृहपृष्ठ ५ लाख विपन्न परिवारले पाउने भए १० हजार नगद क-कसले पाउछन् हेर्नुहोस्!

५ लाख विपन्न परिवारले पाउने भए १० हजार नगद क-कसले पाउछन् हेर्नुहोस्!

काठमाण्डौ।मन्त्रिपरिषद् बैठकले बजेटमा समावेश ५ लाख घरपरिवारलाई एकपटकका लागि १० हजार नगद अनुदान बाँड्ने कार्यविधि स्वीकृत गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले उक्त कार्यविधि स्वीकृत गरेको एक मंत्रीले जानकारी दिए ।

कोभिड–१९ महामारीका कारण रोजगारी र आम्दानीका अवसर गुमाएका अनौपचारिक क्षेत्रका कामदारलाई सम्बोधन गर्ने गरी सरकारले प्रतिस्थापन बजेटमार्फत् यो व्यवस्था ल्याएको थियो ।

यसका लागि सरकारले ५ अर्ब रुपैया विनियोजन गरेको छ । बजेटमा रहेको यो व्यवस्थालाई शेरबहादुर देउवा नेतृत्वको सरकारले आफ्नो कार्यकालको १०० दिनका उपलब्धिमा पनि समावेश गरेको 

यो विपन्न घरपरिवारको तथ्यांक वडामार्फत् संकलन हुनेभएपनि यसमा मानव विकास सूचकांकका हिसाबले पिछडिएका, दुर्गम र सहरी क्षेत्रमा लुप्त गरिबी रहेका क्षेत्रहरू यकिन गरी देशभर अनुदान वितरण गरिने बताइएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार