२०८३ वैशाख ३१ गते बिहीवार | May 14, 2026

गृहपृष्ठ कार्यव्यवस्था परामर्श समितिको बैठक जारी 

कार्यव्यवस्था परामर्श समितिको बैठक जारी 

काठमाडौं, २८ मंसिर/संघीय संसदअन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । 

नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा मंगलबार दिउँसो २ बजेबाट संसदको १०औँ अधिवेशन सुरु हुने भएपछि बैठक सञ्चालनसहित कार्यसूचीका विषयमा छलफल गर्न समितिको बैठक बसिरहेको हो ।

प्रमुख प्रतिपक्षी दल एमालेले संसद बैठक अवरोध गर्ने रणनीति बनाइरहँदा समितिको बैठक पनि बसिरहेको हो ।

सरकारको सिफारिसमा १६ मंसिरमा राष्ट्रपति विद्यादेवी भण्डारीले २८ मंसिर दिउँसो २ बजे बैठक बस्ने गरी संसदको १०औँ अधिवेशन आह्वान गरेकी हुन् ।

मंगलबार दिउँसो २ बजे बस्ने प्रतिनिधिसभा बैठकमा पेस गर्ने कार्यसूचीबारे छलफल गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार