गृहपृष्ठ तिलोत्तमा नगरपालिकाले सार्बजनिक गर्यो कोरोना नियन्त्रण गर्दा लागेको अहिलेसम्मको खर्च
तिलोत्तमा नगरपालिकाले सार्बजनिक गर्यो कोरोना नियन्त्रण गर्दा लागेको अहिलेसम्मको खर्च
कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि तिलोत्तमा नगरपालिकाले सरकारले अहिलेसम्म १ करोड ७२ लाख ६ हजार ४ सय ७ रुपैया ५० पैसा खर्च गरेको छ । कार्यालयको प्रकोप ब्यबस्थापन कोषबाट महामारीका रुपमा फैलिएको कोरोना रोकथाम तथा नियन्त्रण उपचार, राहत वितरण, क्वारेन्टाइन तथा आइसोलेसन पूर्वाधार निर्माण, संचालन र ब्यबस्थापन तथा औषधिजन्य सामग्री खरिद तथा वितरणमा नगरपालिकाले १ करोड ७२ लाख रुपैयाँ खर्च गरेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद शर्माका अनुसार नगरपालिकाको प्रकोप ब्यबस्थापन कोषमा जम्मा भएको नगद १ करोड ५ लाख ३२ हजार रुपैया नगद र विभिन्न खाद्दान्न गरि नगरभित्र तथा बाहिरका व्यक्ति संघ सस्था हरुले सहयोग गरेका हुन्।






