गृहपृष्ठ सिमानासम्म जनचेतना फैलाउँदै कपिलवस्तु प्रहरी
सिमानासम्म जनचेतना फैलाउँदै कपिलवस्तु प्रहरी
जिल्ला प्रहरी कार्यालयको सकृयतामा जिल्लामा जनचेतनामूलक सांगीतिक कार्यक्रम सम्पन्न भएको छ । प्रदेश प्रहरी कार्यालय लुम्बिनीमा रहेका एस एस पि राजकुमार बैदवारको विशेष पहलमा दाङमा साङगितीक पेशामा आवद्ध तीन गन्धर्व दाजुभाईद्वारा सांगीतिक प्रस्तुती सम्पन्न भएको थियो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका महिला सेल प्रमुख प्रहरी निरीक्षक कमल क्षेत्री, सामुदायिक प्रहरी शाखाका शाखा प्रमुख प्रहरी निरीक्षक जगन्नाथ मरासिनी, ट्राफिक प्रहरी कार्यालय तौलिहवाका प्रमुख प्र ना नि हरिबहादुर जि सी, प्रहरी सहायक निरीक्षक अवदेश यादव साथै सामुदायिक प्रहरी सेवा केन्द्रका जवान देवेन्द्र के सी लगायतको उपस्थिती र सञ्चालनमा सो कार्यक्रम सञ्चालन भएको हो ।

एकै दिन जिल्लाका तीन स्थानमा सो कार्यक्रम सम्पन्न भएको हो। तौलिहवा बसपार्क, गोबरीमा रहेको चाउचाउ फ्याक्ट्रीमा रहेका कामदार, मर्यादपुर बोर्डर गरि ३ ठाउँमा गरिएको थियो। उक्त कार्यक्रममा ट्राफिक नियम सचेतना, लैंगिक हिंसा, महिला हिंसा, बहुविवाह, वालविवाह तथा दाइजोप्रथाका सम्बन्धमा समेत गितमार्फत सन्देश प्रवाह गरिएको थियो ।

अवधि भाषाको बाहुल्यता रहेको कपिलवस्तुमा सांगीतिक प्रस्तुतिलाई स्थानिय भाषामा समेत प्रहरी सहायक निरिक्षक अवदेश यादवले अनुवाद गरी वताउनुभएको थियो। कार्यक्रमका माध्यमबाट जनचेतना फैलाउने नौलो उपायलाई जिल्ला प्रहरी प्रमुख नवराज अधिकारीले समेत सरहानिय रहेको बताउनुभएको छ।
यो भिडियो पनि हेरौं :





