गृहपृष्ठ ईपीएलको ट्रफी राष्ट्रपतिबाट सार्वजनिक
ईपीएलको ट्रफी राष्ट्रपतिबाट सार्वजनिक
काठमाडौं । एभरेष्ट प्रिमियर लिग क्रिकेट ईपीएल प्रतियोगिता शनिबारदेखि शुरुहुँदै छ ।
त्यसका लागि तयारी पूरा भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं किंग्स इलाभेन र ललितपुर प्याट्रियोट्सबीच प्रतिस्पर्धा हुने छ ।
प्रतियोगिताको अघिल्लो दिन शुक्रबार ईपीएलको ट्रफी राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वजनिक गरेकी छिन् । कार्यक्रममा ईपीएल खेल्ने ६ टिमका कप्तानहरु सहभागी भए ।
ट्रफी आईसीसी विश्वकप ट्रफी बनाउने कम्पनीले तयार पारेको हो । यसअघि मुख्य प्रायोजक सार्वजनिक गर्दा ट्रफीको रिप्लिका सार्वजनिक गरिएको थियो ।

राष्ट्रपति भवन शीतल निवासमा भएकाे कार्यक्रममा ईपीएल)को चौथो संस्करणमा सहभागी हुन नेपाल आएका पाकिस्तानका विश्व चर्चित क्रिकेट खेलाडी शाहिद अफ्रिदीलगायत विदेशी खेलाडीहरुले पनि राष्ट्रपति विद्यादेवी भण्डारीसँग सामूहिक भेट गरेका थिए ।
news by :Neplays.com












