२०८३ वैशाख १९ गते शनिवार | May 02, 2026

गृहपृष्ठ तिलोत्तमाका ज्येष्ठ नागरिकलाइ सुविधा घरमै पुगेर स्वास्थ्य सेवा

तिलोत्तमाका ज्येष्ठ नागरिकलाइ सुविधा घरमै पुगेर स्वास्थ्य सेवा

रुपन्देही ।

तिलोत्तमा नगरपालिकामा ज्येष्ठ नागरिकहरुको लागि ‘ज्येष्ठ नागरिक घरदैलो स्वास्थ्य परीक्षण’ कार्यक्रम सञ्चालन गरिएको छ । ज्येष्ठ नागरिकलाई आधारभूत स्तरको स्वास्थ्य सेवा सहज रुपमा पुर्याउने नीति अनुसार यो कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रम अनुसार हरेक वडामा ७० वर्ष उमेर माथिका ज्येष्ठ नागरिकहरुको घर–घरमैं पुगेर स्वास्थ्यकर्मीहरुले स्वास्थ्य परीक्षण गर्नुको साथैं निःशुल्क औषधि समेत प्रदान गरेका छन् ।

१७ वडामैं सरकारी स्वास्थ्य संस्था पुर्याएको तिलोत्तमा नगरपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्यलाई केन्द्रमा राखेर यो कार्यक्रम सञ्चालन गरेको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिए । हरेक वडामा दुई–दुई स्वास्थ्यकर्मीहरु नागरिकको घरदैलोमैं पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण, परामर्श सेवा प्रदान गरेका छन् ।

सामान्य स्वास्थ्य समस्या भएकाहरुलाई निःशुल्क औषधी दिइने र गम्भिर स्वास्थ्य समस्या भए आवश्यकता अनुसार अस्पताल पठाइएको स्वास्थ्यकर्मीहरुले बताउका छन् । रोगको समयमैं पहिचान हुँदा त्यसको उपचार सहज हुने भएकोले यो कार्यक्रम प्रभावकारी हुने नगरपालिको अपेक्षा छ ।

नगरपालिकाले विभिन्न ११ थरी औषधी र मधुमेह परीक्षणको समेत निःशुल्क व्यवस्था गरेको छ । प्रयोगशाला परीक्षण आवश्यक भए ज्येष्ठ नागरिकलाई प्रयोगशालामा समेत पठाइने जनस्वास्थ्य निरीक्षक केशव भट्टराईले जानकारी दिए । तिलोत्तममा ७० वर्षमाथि झण्डै ४ हजार ८ सय ज्येष्ठ नागरिक रहेको स्वास्थ्य शाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार