गृहपृष्ठ पिता मुमिशवर अर्यालको पुण्य तिथिमा प्रवेशद्वार निर्माणमा ५१ हजार सहयोग
पिता मुमिशवर अर्यालको पुण्य तिथिमा प्रवेशद्वार निर्माणमा ५१ हजार सहयोग
आफ्नै जन्मभुमिमा आफ्ना बुवा आमाहरु र आफुले समेत बिगतका बर्समा सहयोग गरिरहेको छत्रकोट गाउँ पालिका वार्ड न ३ भालुपानीमा प्रचारप्रसार को ओझेलमा परिरहेको देबि भगवती मन्दिरको बिकास सङै पर्यटन प्रबधन तथा पर्यटको आकर्षक केन्द्र बनाउन केही दिन यता देखि सामाजिक सन्जाल बाट नै आर्थिक सन्कलनको कार्यक्रम सुरु भैरहेको छ । झन्डै १५ पहिला समाजसेवी धार्मिक प्रेमी तथा सामाजिक अभियान्ता श्रीङ्गा निवासी पोमलाल कंडेल तथा गिता कन्डेलले हनुमानको मन्दिर बैधिक विधि सहित सिलिन्यास गर्नुभएको थियो ।
केही दिन पछी कन्डेल परिवार पत्रकार चुरामणी तिमिल्सिना र भुवन भुसालले मन्दिर सङै आकर्षक तथा मजबुद प्रवेश द्वार गेटको अबधाराणा सामाजिक सन्जालमा पोस्ट गरे सङै दिन रात यो अभियान लाई सफल पुर्याउन दान दाताहरुले सहयोग गरिरहनु भएको निर्माण अभियानका प्रमुख पोमलाल कन्डेलको भनाइ छ । बास्तममा आफू जन्मेको हुर्केको पडेको र केही सामाजिक सेवा गरिरहेको आफ्नै जन्म्भुमिमा निर्माण अभियान्मा आफुहरुले पनि अभियान्ताका प्रमुख कंडेल सित आफुहरु अस्ट्रेलियामा भएपनि आज हाम्रा पुज्य पिता मुमिश्वर अर्यालको श्राद्दको तिथि परेकाले उहाकै सम्झनामा आज यस्तो महान अभियान युवाहरुले सन्चालन गरेको देखेर आफ्ना पिता आमा लिलादेवि अर्यालको विशेष सम्झना गर्दै रु ५१ ह्जार १ सय एकाउन्न छत्रकोट ३ भालुपानी हाल भिक्टोरिया अस्ट्रेलियाबाट सहयोग गरेको अर्याल कि श्रीमती गिता अर्यालले जान्कारी गराउनुभयो ।
अर्यालका हजुर बुवा दामोदर र माहिला हजुरबुवा लेपनी मन्दिर निर्माण कार्यमा बिगतका बर्षहरुमा सहयोग गरिरहेको हुनाले अहिले आफ्नो परिवारले पनि तिथि पारेर सहयोग गरेको बताउनु भयो । अर्यालले अभियान्ता कंडेल शीत टेलिफोन सम्पर्क गरि आगामी दिन्हरुमा पनि आफ्ना छोराहरु सुरज र सचिनको कुनै जन्म विशेष दिन तथा उनिहरुको नामबाट पनि सक्दो सहयोग गर्ने बताउनु भएको कंडेलले बताउनु भयो। यति मात्र नभइ सालिकरामले यस्तै विभिन्न धार्मिक स्थान हरुमा पनि सक्दो सहयोग गर्दै आइरहेको बताउनु भयो।





