गृहपृष्ठ बालमैत्री स्वयंसेवक तथा समाजिक परिचालक क्षमता विकास तथा तथ्यांक संकलक अभिमुखिकरण कार्यक्रम सम्पन्न
बालमैत्री स्वयंसेवक तथा समाजिक परिचालक क्षमता विकास तथा तथ्यांक संकलक अभिमुखिकरण कार्यक्रम सम्पन्न
पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा बालमैत्री स्वयंसेवक तथा समाजिक परिचालक लाई बालमैत्री स्थानीय शासन सम्वन्धी क्षमता विकास एव तथ्यांक सकलन को लागि अभिमुखिकरण सम्पन्न गरिएको छ। मैत्री समाज नेपालको अध्यक्ष राकेश गुप्ताको अध्यक्षता तथा रामग्राम नगरप्रमुख नरेन्द्र गुप्ताको प्रमुख आतिथ्यतामा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै रामग्राम नगरप्रमुख नरेन्द्र गुप्ताले नगर लाई बालमैत्रि घोषणा गर्न बालमैत्री स्थानीय शासनलाई अभियानको रुपमा लिएको बताए । सहभागीहरुलाई उत्प्रेरण दिदै आफू आफ्नो पालामा बाल क्लवहरु न रहेतापनि विभिन्न समूह तथा संस्थाको नेतृत्व गर्दै, आफ्नो क्षमताको विकास गर्दै अवसरको सहि सदुपयोग गरि संर्घष गर्दै यो अवस्थामा आई पुगेको जानकारी गराउदै अभिमुखिकरण सहभागीहरुलाई पनि अवसरको पहिचान गरि अगाडि बढनको लागि शुभकामना दिनु भएको थियो ।
अभिमुखिकरणको समापन कार्यक्रमको विशिष्ट अतिथि कार्यपालिका सदस्य रोशन कुवर तथा अथिति समाजिक विकास शाखा तथा बाल मैत्री फोकल पर्सन नगेन्द्र यादव , प्रशिक्षक शर्मिला पौडेल , पत्रकार हुसेन अन्सारी , गौरीशंकर जैसवाल, ज्ञानेश्वर सहानी लगाएतको सहभागीता रहेको थियो । त्यस्तै प्रशिक्षक शर्मिल पौडेलले बालमैत्री स्वयंसेवक तथा समाजिक परिचालकलाई बालमैत्री स्थानीय शासन सम्वन्धी क्षमता विकास एव तथ्यांक सकलन को लागि अभिमुखिकरण सिकेका कुराहरुलाई व्यावहारमा कार्यन्वयन गर्न सके मात्र अभिमुखिकरण को औचित्य पुरा हुने कुरामा जोड दिनु भएको थियो।
तालिममा तथ्यांक संकलन तथा बालमैत्री स्थानीय शासनको अवधारणा, बालमैत्री स्थानीय शासनका सुचकहरु, बालमैत्री स्थानीय शासनमा स्थानीय तह तथा बालबालिकाको भुमिका लगाएतका बिषयमा मैत्री समाज नेपालका अध्यक्ष राकेश गुप्ता ले सहजिकरण गरेका थिए ।






