गृहपृष्ठ पश्चिम नवलपरासीका निजि विद्यालयहरु तिन दिनका लागि बन्द
पश्चिम नवलपरासीका निजि विद्यालयहरु तिन दिनका लागि बन्द
पश्चिम नवलपरासीका निजि विद्यालयहरु तिन दिनका लागि बन्द हुने भएका छन । निजि तथा आवासिय विद्यालय अर्गनार्यजेशन प्याबसन पश्चिम नवलपरासीको आज बसेको भर्चुअल बैठकले चिसो अत्याधिक बढेका कारण तिन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको प्याबसनका जिल्ला अध्यक्ष ईन्द्र गुरुङले जानकारी दिनुभयो ।
बालबालीकाको स्वाथ्यलाई पनि मध्यनजर गर्दे विद्यालय बन्द गर्ने निर्णय गरिएको प्याबसलने जनाएको छ । भोली आईतबार देखि मंगलबार सम्म विद्यालय बन्द रहने छ भने बुधबारबाट विद्यालय नियमित संञ्चालनमा आउने पनि अध्यक्ष गुरुङले जानकारी दिनुभयो । प्याबसन पश्चिम नवलपरासीमा ९६ विद्यालय आवद्ध रहेका छन् ।






