गृहपृष्ठ नेकपा एमाले कालीगण्डकीको अध्यक्षमा कृष्ण लामिछाने
नेकपा एमाले कालीगण्डकीको अध्यक्षमा कृष्ण लामिछाने
स्याङ्जा/
नेकपा एमालेको पालिका अधिवेशन अन्तर्गत जिल्लाका ११ वटै पालिकामा अधिवेशन चलिरहेको छ ।
यसैबीच कालीगण्डकी गाउँपालिका कमिटिले पनि नयाँ नेतृत्व चयन गरेको छ ।
पालिकाको पहिलो अधिवेशनबाट पालिका कमिटिको अध्यक्षमा कृष्ण बहादुर लामिछानेलाई सर्वसम्मत रुपमा चयन गरेको हो ।
अधिबेशनबाट उपाध्यक्षमा ईन्द्र थापा मगर, सचिवमा एक नारायण न्यौपाने (प्रकाश), उपसचिबमा सुलोचना पाण्डेय र कृष्ण पाण्डेय रहेका छन् ।






