गृहपृष्ठ आज तमु ल्होसार पर्व मनाईदैं ।
आज तमु ल्होसार पर्व मनाईदैं ।
काठमाडौँ / गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते (बुधबार) ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिने भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको विश्वास छ । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ ।
गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।
यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ । त्यस्तै सरकारले तमु ल्हाेसारकाे अवसरमा आज बिहीवार सार्वजनिक बिदा दिएकाे छ ।
गृह मन्त्रालयले आज बुधवार विज्ञप्ति निकालेर तमु ल्हाेसारमा देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिइएकाे जनाएकाे हाे । मन्त्रिपरिषद्काे बैठकले तमु ल्हाेसारमा सार्वजनिक बिदा दिने निर्णय गरेकाे मन्त्रालयका उपसचिव शाेभाखर रेग्मीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।





