२०८३ असार १३ गते शनिवार | June 27, 2026

गृहपृष्ठ उदयभान जसले प्रहरी चौकी घर भन्दा बढि सिँगारे (फोटो फिचर)

उदयभान जसले प्रहरी चौकी घर भन्दा बढि सिँगारे (फोटो फिचर)

तिहारको बेला प्रहरी चौकीमा चिटिक्क परेको मन्दिर, झिलीमिली बलेको बत्ति र त्यसैमा रमाइरहेका प्रहरीहरु । सरकारी कार्यालयको हालत त हामीले देखेकै छौँ जताततै लथालिङ्ग र भताभुङग अवस्था यस्तै लथालिङ्गका बिच कार्यालय प्रवेश गरेका एक असईले आफ्नो कार्यकालमा व्यक्तिवादी नबनेर कार्यालय सिँगार्ने काम गरेका छन्। जिल्ला प्रहरी कार्यलय कपिलवस्तुको मातहतमा पर्ने प्रहरी चौकी तुल्सिपुर बल्हुवा ५/७ महिना अघि कस्तो जिर्ण अवस्थामा थियो भन्ने कुरा तलका तस्विरले प्रस्ट पार्छ ।

 

 

जिल्लामा प्रहरी उपरीक्षक नवराज अधिकारी आएपछि पुरस्कृत समेत भएका प्रहरी सहायक निरीक्षकले आफ्नो कार्यालयलाई कुनै कसरले घर भन्दा बढी स्याहार गरेका छन् । आजसम्म विभिन्न कर्मचारीहरु कार्यालय प्रमुखको रुपमा आएपनि आफ्नो मात्रै थैलि भरेर गए कार्यालयलाई कार्यालय जस्तो माया गरेनन् । प्रहरी सहायक निरिक्षक उदयभान यादवले स्थानिय निकाय, समाजसेवी, सहयोगीहरुको सहयोगमा बर्षादको समयमा सर्प र बिच्छिको बास हुने प्रहरी कार्यालयमा पलास्टर समेत गरेका छन् । तै पनि उनी भन्छन ” मैले खासै केही गरेको त छैन तै पनि गर्ने प्रयास गरिरहेको छु ।” उनले वर्षादको समयमा कार्यालय पुग्नै नसकिने बाटोमा सबैतिर जोरजाम गरेर ६० ट्राली गिट्टी हालेर कार्यालयमै गाडी जानमिल्ने बाटो बनाएका छन् । आफू कार्यालय आउँदाको गन्हाउने व्यारेक, सर्प बस्ने अध्यारो ठाउँलाई सरसफाई पछि पुटिन लगाएर तल्लो भुँइ पलास्टर गरेर चिटिक्क पारेका छन् । साथै कार्यालय परिसरमा रहेको मन्दिरमा टायल लगाइ, रंगरोगन गरि चिटिक्क पारेका छन् । उनी भन्छन् ” वरिपरि पोखरी हुनाले सर्पको खतरा उत्तिकै हुन्थ्यो अहिले धेरै कम भएको छ । यो सबै यस कार्यालयका प्रत्येक प्रहरी कर्मचारीको सकृयताको नतिजा हो ।” सरकारी सम्पत्ति यसरी संम्भार, संरक्षण र माया गर्नाले भोलि आफूलाई समेत त्यसको नतिजा सबैबाट सम्झना त मिल्नेछ उनी भन्छन् । एउटा प्रहरी सहायक निरिक्षकले चाहेमा कार्यालयको कायापलट गर्न सकिने कुरा उनले देखाएका छन् भने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारी र अन्य अधिकृत समेत खुशी छन् ।

कार्यालयको अहिलेका तस्बिरहरु ;

 

 

 

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार