२०८३ असार १४ गते आइतवार | June 28, 2026

गृहपृष्ठ वडा स्तरीय र्याली सम्पन्न

वडा स्तरीय र्याली सम्पन्न

बालमैत्री स्थानीय शासन अवलम्बनका लागी पश्चिम् नवलपरासीको रामग्राम नगरपालिकाले तीव्रता लिएको छ । आज विभिन्न ठाउँमा छुट्टाछुट्टै कार्यक्रम गर्दै एक ठाँउमा र्याली समेत निकाली बाल मैत्री वातावरण निर्माणका लागी सन्देश प्रवाह गरिएको छ । रामग्राम नगरपालिका वडा नं. १७ को वडा बाल सञ्जालकाे आयाेजना तथा रामग्राम नगरपालिका काे सहयाेगमा बाल मैत्री स्थानीय शाशन सम्बन्धित र्याली कार्यक्रम गरिएको छ ।

रामग्राम नगरपालिका वडा नं. १७ पटखोली को टोल बाट निकालेको र्याली पटखोली बजार मा समापन गरिएको थियो । वडा बाल सञ्जाल का कोषाध्यक्ष शिवचन्द्रन गुप्ताकाे अध्यक्षता तथा रामग्राम नगरपालिका वार्ड नं. १७ को वडा अध्यक्ष जितबहादुर गोसाई काे प्रमुख आतिथ्यता तथा रामग्राम नगरपालिका वार्ड नं. १७ को वडा सदस्य प्रेमाकुमारी चाैधरी , टोल बिकाश सस्था का अध्यक्ष दुर्गेश चाैधरी , समाज सेवी अर्जुन चौधरी तथा पत्रकार ज्ञानेश्वर सहानी लगायतको व्यक्ति अतिथिक्ता रहेको कार्यक्रममा स्वागत मन्तव्य निलम हरिजन ले राख्नु भएको थियो भने कार्यक्रम सन्चालक समाजिक परिचालीका बिन्दु कुमारी गुप्ता गरेका थिए ।

यो भिडियो पनि हेरौ :

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार