गृहपृष्ठ ३०औं अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा अपांग बालबालिकालाई सम्मान!
३०औं अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा अपांग बालबालिकालाई सम्मान!
ज्ञानेश्वर सहानी,१७ मंसिर। ३०औं अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा आयोजित एक कार्यक्रममा अपांगता भएका बालबालिकाहरूलाई सम्मान कार्यक्रम सम्पन्न गरिएको छ । ‘हाम्रो प्राथमिकताको आधार, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार’ भन्ने मुल नाराका साथ दिवस मनाएको हो ।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाद्वारा आयोजित अन्तरक्रिया कार्यक्रमको अध्यक्षता कार्यालय प्रमुख रुद्र प्रशाद रेग्मी तथा प्रमुख आतिथ्यता नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले गर्नुभएको थियो ।
कार्यक्रममा बोल्ने अधिंकाश वक्क्ताहरुले नगरपालिकाले यो कार्यक्रम आयोजना गरेर राम्रो काम गरेको बताएका छन । रामग्राम नगरपालिकाको कार्यालयमा भएको उक्त कार्यक्रममा सम्बोधन गर्दै रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले व्यानर पढेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो भने अपागंता भएका व्यक्तिलाई सहज र उनिहरुले सक्दो रोजगारीको ब्यवस्था गर्नुपर्ने जिकिर गर्नुभएको थियो ।
अपांगता भएका व्यक्तिको ईच्छा आंकक्षा बुझेर उनिहरुलाई आवश्यक सिपमुलक तालिम दिने जानकारी दिनुभयो भने अपाङ्गता भएका बालबालिकाहरूलाई आर्थिक तथा पढ्ने समाग्री प्रदान गर्नुभएको थियो । रोजगारी सिर्जना गरेर उनिहरुलाई आत्मनिर्भर बनाउने आफ्नो उद्देश्य रहेको गुप्ताले बताउनु भएको थियो ।


नगरपालिकाले अपांगता भएका नागरिकलाई विभिन्न सेवा प्रदान गरिरहेको समेत जानकारी दिनुभएको थियो । सिपमुलक तालिमहरु नगरपालिकाको वार्षिक कार्यक्रममा रहेको भन्दै उक्त तालिममा सहभागी हुन समेत अपिल गर्नुभएको छ । अपागंता भएका व्यक्तिलाई टिका लगाएर दोसल्ला ओढाएर सम्मान गर्नु पाउँदा निकै खुसी भएको गुप्ताले बताउनुभयो ।


त्यस्तै कार्यक्रममा महिला तथा बालबालिका शाखाका प्रमुख तारा अर्यालले स्वागत मन्तव्य दिनुभएको थियो भने कार्यक्रमको संचालन राम अवतारले गर्नुभएको थियो ।









