२०८३ भदौ ५ गते शुक्रवार | August 21, 2026

गृहपृष्ठ बुटवल मेला: एकैदिन ५० हजार भन्दा बडी दर्शकको चाप

बुटवल मेला: एकैदिन ५० हजार भन्दा बडी दर्शकको चाप

सुमन ढकाल,बुटवल।बुटवलमा बर्षको एकपटक अौद्योगिक प्रदर्शनी तथा ब्यापार मेला हुने गर्छ। थुप्रै कलाकारहरुको आगमनले दर्शकलाई मिठो मनोरन्जन दिलाइदिन्छ। कोरोनाका कारण एकपटक मेला सुरु हुन कठिनाइ भयो। २ बर्ष पछि मेलामा पुग्दा ५० हजार भन्दा बडीको चाप देखियो।

हिजो शनिवार विदा तथा क्रिसमस डे पर्न गएकोले मानिसको अत्याधिक भिडभाड रहेको मेला आयोजक समितिको भनाइ रहेको छ। दर्शक र मानिसको भिडभाडले गर्दा दर्शक थाम्न र टिकट समाल्न धौ धौ नै परेको हामिले देखियो धेरै दर्शकले कलाकार संगै आयोजक पनि खुसी भएका छन्।

शनिवार चर्चित लोक दोहोरी गायिका सम्झना भण्डारी, खुमन अधिकारी, विक्रम वावु विश्वकर्मा तथा मोडल अभिषेक खड्काको दमदार प्रस्तुति रहेको थियो। सौभाग्य कलाकेन्द्र पाल्पाको मिठो नृत्य पनि रहेको थियो।

सांस्कृतिक कार्यक्रम संयोजक यमलाल मरासिनीका अनुसार मेलामा घुम्न हेर्न आउने भोजन लिने संगै दर्शक रमाएको देख्दा खुसी भएको पाइयो। आईतबार चर्चित गायक बद्री पंगेनी, समिक्षा अधिकारी, दिपक खड्का, तथा मोडल टिका जैसीले मनोरन्जन प्रदान गर्नेछन्।

४ सय ७० स्टल रेहको मेलामा स्वाधीन अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकरण तथा ब्यापार विविधिकरण मुल नाराका साथ मेला पुस २० गतेसम्म चल्नेछ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार